News
कोरोना सङ्क्रमणबाट शिक्षकको मृत्यु
अछाममा कोरोना सङ्क्रमणका कारण १ जना शिक्षकको मृत्यु भएको छ ।
जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्ना घर भई मङ्गला नेपाल राष्ट्रिय माद्यामिक विद्यालय वलिगाउँमा कार्यरत १ जना शिक्षकको सङ्क्रमणका कारण मृत्यु भएको हो ।
वैशाख १५ गते बान्नीगढी जयगढ गाउँपालिकाको दर्नामा एन्टिजेन परीक्षण गर्दा ती शिक्षकमा सङ्क्रमण पुष्टि भएको थियो ।
सङ्क्रमण पश्चात ४५ वर्षीय ती शिक्षकलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उपचारका लागी हेलिकोप्टर मार्फत काठमाडौँ लग्ने तयारी भइरहेका बेला जिल्ला अस्पतालमा मृत्यु भएको वडा अध्यक्ष कृष्ण कडायतले बताए ।
ती शिक्षकलाई मङ्गलवार जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । यससँगै अछाममा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ पुगेको छ ।