News

अर्जेन्टिना १-० ले अगाडी

काठमाण्डाै / बार्सिलोनाका लागि एकै साथ उपाधि जित्ने दुई साथी लियोनल मेस्सी र नेमार कोपा अमेरिकामा आफ्नो राष्ट्रिय टिम अर्जेन्टिना र ब्राजिललाई च्याम्पियन बनाउन आमनेसामने भएका छन् । कुनै उपाधिको प्रतिस्पर्धामा पहिलो पटक मेस्सी र नेयमार आमनेसामने भएका हुन् । ऐतिहासिक माराकाना स्टेडियममा नेपाली समय अनुसार ५:४५ बाट भइरहेको खेलमा अर्जेन्टिनाले अग्रता लिएको छ । अर्जेन्टिनाले खेल सुरु भएको केही समयमै १ गोल गरेर अग्रता लिएको हो ।

फुटबलको इतिहासमा सर्वश्रेष्ठ खेलाडीमध्ये एक मेस्सीसँग अर्जेन्टिनाका लागि कुनै उपाधि नजितेको परिचय बदल्नका लागि यो अन्तिम मौका हुनेछ । यो मेस्सीको पाँचौँ प्रमुख फाइनल हुनेछ र उनी यस पटक कुनै पनि हालतमा उपाधि जित्न चाहन्छन् । मेस्सी सन् २००७, २०१५, २०१६ कोपा अमेरिका र सन् २०१४ विश्व कपको फाइनलमा हार्ने अर्जेन्टिना टिमका सदस्य रहेका थिए ।

२८ वर्षदेखि उपाधि जित्न नसकेको अर्जेन्टिना

अर्जेन्टिना टिम २८ वर्षदेखि उपाधि जित्न सकेको छैन । उसले पछिल्लो पटक सन् १९९३ मा मेक्सिकोलाई हराएर कोपा अमेरिकाको उपाधि जितेको थियो । त्यसपछि टिम चार पटक (३ कोपा अमेरिका, एक विश्वकप) उपाधिको प्रतिस्पर्धामा पुगे पनि प्रत्येक पल्ट हार बेहोर्‍याे । अब पाँचौँ पटक अर्जेन्टिनालाई यस शृङ्खला तोड्ने मौका छ ।

घरमा शत प्रतिशत नतिजा निकालेको ब्राजिल

ब्राजिलले जति पटक कोपा अमेरिकाको आयोजना गरेको छ त्यति नै पटक च्याम्पियन बनेको छ । यो छैटौँ पटक हो ब्राजिलले प्रतियोगिता आयोजना गरेको र ऊ फाइनलमा पनि पुगेको छ । यसअघि उसले सन् २०१९, १९८९, १९४९, १९२२, १९१९ मा आयोजना गरेको थियो र विजेता पनि बन्यो । यद्यपि अर्जेन्टिनाले विश्व कपको दुई पटक आयोजना गर्दा भने विजेता बन्न सकेन । एक पटक उपविजेता र एक पटक चौथो स्थानमा रह्याे ।

Related Articles

Back to top button