News
ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, दुईजना घाईते
तनहुँ । तनहुँमा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घिरिङ्ग गाउँपालिका पुट्टारका ५३ बर्षीय यदुराज घिमिरे रहेका छन् ।
शुक्रबार साझँ भिमाद बजारबाट पुट्टार जादै गरेको लु १ त ७२०७ नम्बरको ट्याक्टर भिमाद नगरपालिका सेर्कामा दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा ट्याक्टर चालक ३० बर्षीय ऋषि अधिकारी गम्भिर घाईते र २० बर्षीय यामबहादु दरै सामान्य घाइते भएका छन् । ट्याक्टरका मालिक समेत रहेका अधिकारीलाई उद्धार गरेर उपचारका लागि पोखरा पठाइएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।
सामान्य घाईते दरैको भिमाद स्वास्थ केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फलामको सामान बोकेको ट्याक्टरमा सात जना सवार रहेका थिए ।