News
बरिस्ठ कलाकार मदनकृष्ण श्रेष्ठ फेरी अस्पताल भर्ना
बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ फेरी अस्पताल भर्ना भएका छन ।
गत शुक्रबार मात्र अस्पतालबाट डिस्चार्ज भएपछि श्रेष्ठले आफ्ना प्रशंसकहरुलाई सजक हुन आह्वान समेत गरेका थिए । तर शरीरमा अक्सिजनको मात्रा कम भएपछि उनि बुधबार पुन: अस्पताल भर्ना भएका हुन् । उनको अक्सिजन लेभल ८५ आसपास पुगेको थियो। मदनको उपचारमा ‘रेमडेसिबिर’ औषधि चलाइएको छ। मदनले पहिलो चरणको कोरोना भ्याक्सिन लगाइसकेका छन् ।
मदनकृष्णसहित सबै परिवारलाई कोरोना संक्रमण भएको थियो ।