एकै ठाउमा यती धेरै कलाकार देखा परे बन्यो अहिले सम्मकै एतिहासिक तीज गीत (भिडियो सहित)
नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक नेपालका के सहर के गाउँ, जताततै फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरूमा सहजै दृष्टिगोचर हुन्छन् ।हिजोआज तीज भडि्कलो हुँदै छ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो समेत हुन थालेको र यसको मौलिकता पनि हराउन थालेको गुनासो बढ्न थालेको छ ।
तीज यही बेलादेखि सुरु भएको भन्ने ठ्याक्कै मिति निर्धारण त गर्न सकिँदैन तैपनि यो भारत वर्ष विशेष गरी उत्तर भारत एवं नेपालमा पौराणिक कालदेखि नै चलिआएको बुझ्न सकिन्छ ।
विशेष गरी तीज भारतभन्दा पनि नेपालमै बढी चलेको पर्व हो । नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व हो र यो नेपालका महिलाहरूले मात्र मनाउँछन् भन्न सकिन्छ । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ ।
तीजमा तीज गीतहरूको पनि उत्तिकै भूमिका पाइन्छ ,पछिलो समय भने पहिलेका तीज गीत र अहिलेका तीज गीतमा धेरै भिन्नता पाइन्छ । अहिलेका तीज गीत संस्कृति सम्झाउने भन्दा विर्साउने र विकृति बढाउने खालका मात्र आउन थालेका छन् । महिला अधिकार र दुखः पीडाका गीत भन्दा छाडा र उरन्ठेउला गीतले बजार लिइरहेका छन् । अहिले तीजका गीत सुन्दा तीजका भन्दा लोक दोहोरी र छाडा गीत सुने जस्तो लाग्छ ।
यसो भनी रहँदा बजारमा आउने सबै तीज गीत त्यस्ता पनि छैनन , केही गीत मौलिकता झल्काउने खाले पनि छन् यही कुराको एउटा गतिलो उदाहरण हो आज मात्र बजारमा आएको तीज गीत ” कुरा काटन” यो गीतमा दर्जन बढी कलाकार हरुको सहभागिता रहेको छ । दुर्गा पौडेलको शब्द श्रृजना रहेको यो गिको लय श्रृजना खुमन अधिकारीले गरेका हुन् ।
गीतमा खुमन अधिकारी ,सम्झना भण्डारी,शिला आले,पूर्णकला बिसी,जुना श्रीस, सरिता कार्की ,सुनिता बुढा क्षेत्री शान्ति श्री परियार देबि घर्ति लगायतको स्वर रहेको छ। गीतको भिडियो शंकर विसीले निर्देशन गरेका हुन ।भिडियोमा एक दर्जन भन्दा बढी चर्चित कलाकारहरु मुख्य पात्रको रूपमा रहेका छन् । हेरौ उक्त भिडियो//