जनगायक शर्माकी छोरी पनि गायनमा, पहिलो गीत लालीगुराँस सार्वजनिक (भिडियो सहित)
काठमाडौं- जनगायक जीवन शर्माकी छोरी अनु शर्माले पनि आफूलाई सांगीतिक क्षेत्रमा समर्पित गरेकी छिन् । यसको सुरुवात उनले लालीगुराँस फुल्यो वनैमा बोलको गीतबाट गरेकी हुन् । नवगायिका अनुले आफ्नो पहिलो गीत जन्मदिनको अवसर पारेर आफ्नै नामको युट्युव च्यानल स्थापना गरेर सार्वजनिक गरेकी छिन् ।
पहिलो चरणमा लिरिकल सार्वजनिक गरिएको गीतको भिडियो समेत चाँडै निर्माण गर्ने गायिका अनुले बताएकी छिन् । राष्ट्रियताको भाव बोकेको गीतको शब्द तथा संगीत निलिमा पुनले तयार गरेकी हुन् । आशिष अविरलले एरेञ्ज गरेको गीतको लिरिकल भिडियो तुलसी बाँस्कोटाले सम्पादन गरेका हुन् ।
यो पनी पढौ आँखै अगाडी डु’ब्यो काठमाडौंमा गाडी र घर – ७० लाख ब’र्बाद भो भन्दै रुदै मिडियामा हेर्नुस(भिडियो) काठमाण्डौ उपत्यकामा शनिवार दिउँसाे ठूलो पानी परेको छ । काठमाण्डौमा गएको एक घण्टामै ५० मिलिमिटर भन्दा धेरै पानी परेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।ठूलो पानीसँगै काठमाण्डौका विभिन्न खोलामा बाढी आएको छ । रुद्रमतीमा बाढी आउँदा अनामनगर क्षेत्रको सडक तथा छेउछाउका घरमा समेत पानी पसेको छ । यस्तै काठमाण्डाैकाे घट्टेकुलाे क्षेत्र पनि डुबानमा परेकाे छ ।
वाग्मती, मनोहरा, हनुमन्ते, गोदावरी लगायतका नदीमा पनि पानीको बहाव बढेको छ । कतिपय ठाउँको सडकमा पनि पानी जमेर आवतजावतमा समस्या भएको छ । काठमाण्डौमा आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा सामान्यदेखि मध्ययम र केही ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले धेरै ठाउँमा पानी परिरहेको हो । सोमवारसम्म नै मनसुन सक्रिय भइरहने भएकाले देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले आउँदो २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भारी वर्षाका कारण पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।(भिडियो)