EntertainmentVideo

तिलक ओली र समिक्षा अधिकारीको तिज गीत “हङकङको साडि २” चर्चामा (भिडियो सहित)

हिन्दु महिलाको चाड हरितालिका तीज, दर र ब्रतका लागि मात्र हैन गीत संगीतका लागि पनि प्रख्यात छ। तीजकै लागि भनेर नेपाली लोक गायक गायिकाले वर्षै पिच्छे नयाँ-नयाँ तीज गीत गाउने गरेका छन्। ती मध्ये केहीले राम्रै बजार पाउँछन् भने केही चाहिँ बजारमा निस्किन नपाउँदै मर्छन्।

यसै बीच चर्चित गायक एबं एरेञ्जर तिलक ओलीको “हङकङको साडी भाग – २ कुर्ता” सार्वजनिक भएको छ । यस गीतमा तिलक ओली र समिक्षा अधीकारीको स्वर रहेको छ भने तिलक ओली कै शब्द, संगीत रहेको छ । केही बर्ष अघी हङकङको साडीले नेपालको धुलो उडायो नामक गीतले अत्याधिक चर्चा बटुल्न सफल भएको थियो ।

सोही कुरालाई मध्यनजर गर्दै दर्शकहरुको मायाको आशा गर्दै “हङकङको साडी भाग २ कुर्ता” सार्वजनिक गरिएको कुरा गायक तिलक ओलीले जानकारी गराए । अशोक बिकको निर्देशन रहेको गीतमा प्रकाश खड्काको छायांकन, राज कुमार मगरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा चर्चित कलाकारहरु शंकर बिसी र शिल्पाको अभिनय रहेको छ । सो गीतलाई तिलक ओलीको आफ्र्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Related Articles

Back to top button