News

नाबालक विवेक घटनाको रहस्य खोतल्दै प्रहरी पुग्दा दिदीले दिएको त्यो बयान….

कैलालीको टीकापुर नगरपालिका–१ मुनुवारोडसँगै जोडिएका छन् दुई घर।पूर्वतर्फको घर ह’ ‘त्या आरोपित १५ वर्षीया शकुन्तला (नाम परिवर्तन) को हो भने पश्चिमतर्फको घर विवेक बिष्टको। केही दिनअघि साढे तीन वर्षका विवेकको ह ;त्या भएको छ।विवेक घटनाको आरोप शकुन्तलामाथि लागेको छ ।

उनीहरूको घर जाने बाटो एउटै छ।दुवै परिवारबीच छिमेकीको मात्रै होइन, पारिवारिक सम्बन्ध पनि छ।शकुन्तला र विवेकका बाजे दुई भाइ हुन्।उनीहरूको परिवारबीच खासै ठूलो झैझगडा पनि छैन, थिएन । विवेकका बुबा दिलीपलाई दुई परिवारबीच ठूलै झ’ग’डा भएको सम्झना छैन।‘त्यस्तो ठूलै झैझगडा छैन, थिएन’, उनले भने, ‘नजिकै बस्दा सामान्य भनाभन हुने कुरा त हुन्छ नै।त्यस्तो कहिलेकाहीं हुन्थ्यो ।’

दिलीपले आफ्नै घरमा सानो पसल चलाएका छन्।शकुन्तला र उनकी दिदी कहिलेकाहीं पसलमा आउँथे।दिदीले एकदिन दिलीपको पसलबाट पैसा चोरिन्।त्यो दिन दिलीपले शकुन्तलाकी दिदीलाई पि’टेका थिए।‘धेरै ठूलो कु’ट’पि’ट हैन कि, किन बदमासी गरेको भनेर १÷२ झा’प’ड हा’नेको थिएँ’, उनले भने, ‘सम्झाउने ढंगले पि’टे’को हुँ ।’

करिब १५ दिनअघि पनि दिलीपले शकुन्तलाकी दिदीलाई पि’टे’का थिए।विवेकलाई किन रुवाएको भन्दै काका (दिलीप) ले दिदीलाई पि’टे’को बयान शकुन्तलाले प्रहरीलाई दिएकी छन्।उनले अनाहकमा दिदी पि’टिँ’दा आफू दुःखी भएको बताएको जानकारी प्रहरीले दिएको छ ।

शकुन्तलाको परिवारले सात वर्षअघि एउटा घटना भोग्नुपरेको थियो।स्रोतका अनुसार उनकी दिदी आफन्तबाटै यौ’न’हिं’सा’मा परेकी थिइन्।यौ’न’हिं’सा ग’र्ने व्य’क्ति अहिले जेलमा छन् ।

त्यो ठाउँमा बिष्टका धेरै घरपरिवार छन्।यो घटनाले बिष्ट परिवारहरू एकापसमा विभाजित भए।कसैले शकुन्तलाको परिवारलाई अन्याय भएको भन्न थाले भने कसैले काल्पनिक घटना रचेर निर्दोषलाई यस्तो आरोपमा जेल पठाएको भन्न थाले।शकुन्तलाको परिवारको पक्षमा थोरै देखिए ।

एक दिन बिष्ट घरपरिवारका अग्रजहरू एक ठाउँमा बसे।उनीहरूले जेजस्तो भए पनि अब आपसमा मिलेर बस्नुपर्ने प्रस्ताव अघि सारे।सबैले अग्रजहरूको प्रस्तावमा समर्थन जनाए।विवेकका बुबा दिलीप पनि सबै मिलेर बस्नुपर्ने पक्षमा उभिए।शकुन्तलाको परिवारलाई दिलीप आफ्नो पक्षमा उभिन्छन् भन्ने लागेको थियो।तर उनले अग्रजहरूकै कुरामा सहमति जनाए।‘सबै दाजुभाइले मिलेर बस्नुपर्छ भनेपछि मैले पनि त्यसमा सहमति जनाएको हुँ’, दिलीपले भने, ‘म समाजभन्दा बाहिर जान सकिनँ ।’

शकुन्तलाको परिवारले दिलीपलाई आफ्नाविरुद्ध किन गएको भनेर कहिल्यै सोधेनन्।दुई परिवारबीचको सम्बन्ध यथावत् नै रहिरह्यो।एकअर्काको घरमा आउनेजाने भैरह्यो।भान्सामा मिठो मसिनो पाक्दा बाँडेर खाने क्रम पनि रोकिएन।‘उनीहरू आफ्नो काम गर्थे।हामी हाम्रो काम गथ्र्यौं’, दिलीपले भने, ‘हाम्राबीच सम्बन्ध राम्रै थियो ।’ शकुन्तलाको परिवारमा दिदी र आमाबुबा छन्।उनी स्थानीय खड्ग स्मृति स्कुलमा पढ्िछन्।विवेक घरनजिकैको गणेश बाबा बोर्डिङ स्कुलमा प्ले ग्रुपमा पढ्थे।शकुन्तला कहिलेकाहीं विवेकलाई स्कुल छोड्न जान्थिन्।‘सधैं त हैन, कहिलेकाहीं छोड्न गएको थाहा छ’, विवेकका बुबा दिलीपले भने, ‘प्रायः हामी आफैंले पुर्याउने गरेका थियौं ।’ शकुन्तला विवेकलाई माया गर्थिन् । अन्य बालबालिकाका हकमा भने शकुन्तलाको स्वभाव फरक थियो ।

उनले कहिलेकाहीं अरु बालबालिकालाई पि’ट्थि’न्।केही महिनाअघि उनले एक बालकलाई दा’उराले हा’ने’र घाइते बनाएको दिलीपले बताए।उनले विवेकलाई भाइटीका पनि लगाइदिन्थिन्।विवेकको स्वभाव सबैसँग घुलमिल हुने थियो।उनी शकुन्तलासँग पनि उत्तिकै घुलमिल हुन्थे।शकुन्तला विवेकलाई कहिलेकाहीं वरपर घुमाउन पनि लैजान्थिन्।‘गोलु (विवेकको मायाले बोलाउने नाम) सबैको प्यारो थियो’, बाबु दिलीपले भने, ‘शकुन्तलासँग पनि उत्तिकै खुसी हुन्थ्यो।’

यही असार २१ गते दिलीप र उनका दाजु हेमन्त पसलको काममा व्यस्त थिए।घरका अन्य सदस्यसमेत आआफ्नै काममा व्यस्त थिए।विवेक घरमै खेलिरहेका थिए।उनकी बहिनी (काकाकी छोरी) त्यो दिन सुखड गएकी थिइन्।

बिहान ११ बजेतिर शकुन्तला र विवेक घरपछाडिको बाटो हुँदै निस्के।उनीहरूले घरबाट झन्डै डेढ सय मिटरको दूरीमा रहेको जामुनको रुखबाट जामुन टिपेर खाए।त्यसपछि उनीहरू जमरा कुलोतर्फ अघि बढे।बाटो सकिएपछि एउटा मोड आउँछ।मोडनजिकै बच्चाहरूको खेल्ने ठाउँ छ।त्यहाँ शकुन्तलाले विवेकलाई पिङ खेलाइन्।स्थानीय एक महिलाले त्यो दृश्य देखेको बताएकी छन्।

पिङ खेलेपछि शकुन्तला र विवेक जमरा कुलोको छेउ पुगे।प्रहरीसँगको बयानमा शकुन्तलाले भनेकी छन्, ‘खुट्टाको चाँदीको बाला झिकेर बाबुलाई पानीमा धे’केलें।’ उनले विवेकको खुट्टामा रहेको चाँदीको बाला झिक्नुको उद्देश्य घटनालाई अन्यत्र मोड्न रहेको प्रहरीलाई बताएकी छन्।‘सबैलाई बालाका लागि ह’ ‘त्या गरेको भन्ने लाग्ला भनेर मैले त्यसो गरेकी हुँ’, उनको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘मेरो उद्देश्य बालामात्रै हैन।’

यो बयानका आधारमा शकुन्तलाले आफूलाई धेरै माया गर्ने र आफूले पनि माया गर्ने भाइ (काकाको छोरा) विवेकलाई पानीमा धे’के’ले’र किन मारिन् भन्ने प्रश्न उठेको छ। यो घटनाले धेरैलाई त’र्सा’एको छ।विवेकका ठूलोबुबा हेमन्त घटनाका पछाडि कुनै न कुनै रहस्य लुकेको बताउँछन्।उनी शकुन्तलालाई यस्तो गर्न उक्साउने अरु कोही हुन सक्ने बताउँछन्।‘यो चाँदीको बालाका लागि मात्रै गरिएको हैन’, उनले भने, ‘घटनाका पछि कुनै रहस्य लुकेको छ।’

प्रहरी यही रहस्य पत्ता लगाउने खोजीमा छ।प्रहरीले शकुन्तला र उनकी एक १४ वर्षकी साथीलाई पक्राउ गरेको छ।ती साथीलाई शकुन्तलाले विवेकको खुट्टाबाट झिकेको चाँदीको बाला राख्न दिएकी थिइन्।प्रहरीले उनकी साथीबाट चाँदीको बाला बरामद गरेको छ।

कैलाली प्रहरीका प्रमुख एसपी विश्व अधिकारी घटनाको सूक्ष्म ढंगले अनुसन्धान भैरहेको बताउँछन्।उनले घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा आउने बताए।‘हामीले प्रारम्भिक अनुसन्धानमात्रै सावर्जनिक गरेका हौं’, उनले भने, ‘घटनाको गहिराइसम्म पुग्न अनुसन्धान भैरहेको छ।’यो समाचार नागरिक दैनिकमा योगेश रावलले लेखेका छन् ।’

Related Articles

Back to top button