आज यी स्थानमा ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह
काठमाडौं । शनिबार देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको देखिन्छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ। यस्तै प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका एक वा दुई स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।
देशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन मौसम विभागले अनुरोध गरेको छ।