रोचक खबर

अन्तरजातीय विवाह गरेका जोडीलाई रुकुमका’ण्ड दोहोर्‍याइदिने भन्दै आफन्तको ध’म्की(भिडियोसहित)

कैलालीमा अन्तरजातीय विवाह गरेका एक जोडीलाई कु टपि ट गर्दै गत वर्ष वैशाखमा घटेको रुकुमका’ण्ड दोहोर्‍याइदिने भन्दै युवतीका आफन्तले ध’म्की दिएका छन् । कैलाली भजनी नगरपालिका ४, झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावलले ४ असारमा विवाह गरेका थिए । विवाहपछि युवतीका आफन्तले युवकलाई मा र्ने ध म्की दिएपछि ज्यान जोगाउन उनीहरू २१ दिनजति जंगलमा लुके । शुक्रबार उनीहरूले सामाजिक सञ्चालमार्फत भिडियो सार्वजनिक गर्दै आफूहरूलाई बचाउन आग्रह गरेका छन् ।

भिडियोमा युवती भन्छिन्, ‘जबर्जजस्ती विवाह भनेर मुद्दा हालिरहेका छन् । हामी जब र्जस्ती भनेर आको होइन, आफ्नै मनले विवाह गरेर आएको हो, तैपनि घरका सदस्यहरू मानिराका छैनन् । हामी दुई माया गरेर आको, मेरो पेटमा नि बच्चा छ ।’

उनीहरु एक वर्षअघिदेखि प्रेमसम्बन्धमा रहेका थिए । युवतीको पेटमा एक महिनाको गर्भ रहेको उनीहरूले जानकारी दिएका छन् । युवक प्रकाशका अनुसार युवतीको परिवारले मा’र्ने, का’ट्ने ध’म्की दिइरहेका छन् ।

युवतीका एक आफन्तले रुकुम का ण्ड दोहोर्‍याउने ध म्की नै दिए उनले बताएका छन् । युवकले पठाएको म्यासेजको स्क्रिनसटमा युवतीका आफन्तले ‘डुमिनी’ भन्दै गा ली गर्दै रुकुम का ण्ड दोहोर्‍याउने ध’म्की दिएका हुन् ।

युवतीको परिवारले युवकको परिवारलाई बारम्बार ध’ म्की दिएपछि प्रकाश र मालती आज दिउँसो मात्र जंगलबाट घर फर्किएका थिए । ‘घरकालाई नै मार्छौं भनेपछि हामी आज मात्र घर गएका थियौँ,’ प्रकाशले भने, ‘घरमा पनि बुबा मुटुको रोगी हुनुहुन्छ ।’

घर पुगेलगत्तै युवतीका आफन्तले युवतीलाई कु’ट पि’ट गर्दै लगेका छन् । २० वटाजति मोटरसाइकल र गाडीमा आएका युवतीका आफन्तले युवकलाई कु’टपि’ट पनि गरेका छन् ।

जंगलबाटै ज्यान बचाउन आग्रह गर्दै भिडियो सार्वजनिक भएपछि नगरपालिकाले उनीहरूलाई घर फर्काउन प्रहरीलाई आग्रह गरे । आफ्नो इच्छाले विवाह गरेको जोडीलाई जातीय विभेदको सिकार हुन नदिने नगरपालिकाले प्रतिवद्धता जनाएका छन् । साभार 

Related Articles

Back to top button