News

नेपाली पासपोर्ट बारे आयो यस्तो खबर ( पढ्नुहोस् )

काठमाडौँ / नेपाली पासपोर्ट विश्वकै खराबको श्रेणीमा परेको छ । नेपाली पासपोर्ट १०९ स्थानमा छ ।

उत्तर कोरिया नेपालभन्दा एक स्थानले अगाडि छ । संसारका द्धन्द्धग्रस्त मुलुकसँगै नेपाली पासपोर्ट सूचीकृत छ । जापानी पासपोर्ट विश्वकै सर्वाधिक बलियो पासपोर्ट घोषित भएको छ । पासपोर्टको अध्ययन गर्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्स २०२१ को सूचीमा जापान पहिलो स्थानमा छ ।

नेपाली पासपोर्टले ३८ वटा मुलुकमा पहुँच पाउने समेत इन्डेक्सले उल्लेख गरेको छ । सबैभन्दा पुछारमा सार्क मुलुक अफगानिस्तान ११६ नम्बरमा छ ।

अन्य समाचार / काठमाडौं : मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुने २६ पुरुष, १५ महिला, १० बालबालिका छन्।

तीमध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा तीन/तीन, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा दुई÷दुई र ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक/एक जना रहेका छन्।

पछिल्लो २४ घण्टामा मात्रै सात जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार दार्चुलामा तीन, पाल्पामा दुई तथा तनहुँ र दाङमा एक/एक जनाको मृत्यु भएको हो।

बाढीपहिरो र डुबानमा परी मनसुन अवधिको जेठ ३० पछि आजसम्म ७१ जना घाइते भएका छन्। तीमध्ये ३६ पुरुष, १९ महिला, ११ जना बालक र पाँच जना बालिका छन्। यस्तै बाढीपहिरामा परी २९ बेपत्ता छन्। तीमध्ये १९ पुरुष, ६ महिला, तीन बालक र एक बालिका रहेका छन्।

बेपत्ता हुनेमा सिन्धुपाल्चोकका २०, चितवनका तीन, पर्वत र तनहुँका दुई÷दुई तथा बाजुरा र बाग्लुङमा एक/एक जना छन्।। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए।

बाढीपहिरामा परेका एक हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ। बाढीको कारण एक हजार ५१६ घर डुबानमा परेका र ५६४ घर, ९९ गोठ, ४२ पुल, ३ विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ। एक हजार १५८ घरका पाँच हजार ४२३ व्यक्ति विस्थापित भएका छन्।

Related Articles

Back to top button