दुर्गेश थापासँगको मजाक भारी पर्यो गरिमालाई,रुँदै पोखिन् आक्रोस, हेर्नुहोस्
काठमाण्डौं – सामाजिक सञ्जालमा गरेको मजाक गरिमा शर्मालाई ठूलो भारी परेको छ । केही दिन अघि अर्का चर्चित मोडल दुर्गेश थापासँग टिक टक लाइभमा गरिमा र थापा बीच एउटा मजाक भयो । जून मजाक दर्शकले साँच्चै सम्झिदा ठूली हल्ली खल्ली भएको छ ।
कुराकानीको क्रममा गरिमा पूर्व प्रेमी बन्नु पर्ने र बिछोड पछि आफ्नो पुर्व प्रेमीसँग भेट हुँदा हुने परिस्थितिलाई अभिनय मार्फत उठाए । जुन भिडियोको केही अंश काटेर पछि साँच्चिकै जस्तो बनाइयो । उनीहरूको संवाद टिक टक भरी भाइरल जस्तै भए । त्यति मात्र होइन यही विषयमा चर्चित टिभी कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी पनि झुक्किए । उनले सो विषयलाई रजतपट मार्फत निकै तिखो भाषामा व्यङ्ग गरे ।
त्यस पछि यो विषय अझ तात्यो । आज गरिमा फेरि लाईभ आउँदै रोएर आफ्नो गुनासो पोखेकी छन् । उनले प्रकास बिरुद्द कानुनी उपचार खोजिने समेत बताइन् । केही दिन अघिबाट तातेको विषय अहिले भने सेलाएको थियो तर रजतपटको कार्यक्रम पछि यो विषय फेरि गर्माएको छ ।
चर्चित अनुहार भएपछि कहाँ कति सम्म मजाक गर्ने भन्ने कुराको सीमा गरिमालाई राम्रो सँग थाहा भएको हुनु पर्छ । सानो मजाक उनको लागि निकै ठूलो समस्या जस्तो भएको छ ।