EntertainmentVideo

प्रदेशी गायक सुर्य खड्काको तिज गीत “चाउरी गाला चट्टै” सार्वजनिक (भिडियो सहित)

हिन्दु महिलाको चाड हरितालिका तीज, दर र ब्रतका लागि मात्र हैन गीत संगीतका लागि पनि प्रख्यात छ। तीजकै लागि भनेर नेपाली लोक गायक गायिकाले वर्षै पिच्छे नयाँ-नयाँ तीज गीत गाउने गरेका छन्। ती मध्ये केहीले राम्रै बजार पाउँछन् भने केही चाहिँ बजारमा निस्किन नपाउँदै मर्छन्।

जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो निरन्तर उपस्थिति जनाइरहने लोकप्रिय गायक तथा सर्जक सुर्य खड्काको यो बर्षको लागि पहिलो तीज गीत “चाउरी गाला चट्टै” भर्खर मात्र सार्वजनिक भएको छ । 

निकै रमाइलो विषयमा बनाइएको सो गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ । अर्जुन सुवेदीको उत्कृष्ट शब्दमा सुर्य आँफैले लय सिर्जना गरेका छन भने आवाजमा सुर्यलाई शिवा केसीले साथ दिएकी छन । शंकर विसीको निर्देशन रहेको सो गीतमा महेन्द्र गौतम र रिना थापा मगरलेका नृत्य गरेका छन । गीतलाई दुर्गा पौडेलले खिचेका हुन भने सुर्य खड्काको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । 

Related Articles

Back to top button