डुंगा दुर्घटना हुँदा सात नेपाली युवा समुद्रमा बेपत्ता
क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा सात नेपाली युवा समुन्द्रमा बेपत्ता भएका छन् । अवैद्य ढंगले अमेरिका हिँडेका नेपाली र विदेशीहरु सवार डुंगा गएको असार ५ गते नै कोलम्बियाको समुन्द्रमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
डुंगामा सात नेपाली र अन्य विवेशी गरेर १८ जना युवा सवार थिए। जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार भएको छ। तर, सात नेपाली भने समुन्द्रमा बेपत्ता भएका छन् ।
अमेरिका छिर्नको लागि कोलम्बियाको नेपोलीबाट क्यारेवियनकोस्टस्थित कपुरगाडा जाँदै गर्दा डुंगा दुर्घटना भएको हो ।
डुंगा दुर्घटनामा परेर दाङ घोराहीका एन्जल बुढामगर, दाङको तुल्सीपुरका हेमराज अधिकारी, दाङकै पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा बेपत्ता भएका हुन् । सँगै बेपत्ता भएका अन्य तीनजना नेपाली युवाको भने नाम/ठेगाना खुलेको छैन । अन्य समाचार / काठमाडौँ । कोभिड-१९ महामारीका बीच पनि साउदी अरवमा नेपाली कामदारको माग बढेको छ । कोभिड -१९ महामारीका बीच पनि साउदीमा रोजगारदाताको प्राथमिकतामा नेपाली कामदार परेकोले माग बढ्दै गएको साउदीका लागि श्रम काउन्शिलर जीवन राइले बताए ।
वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको एक कार्यक्रममा बोल्दै राईले भने, ‘हालसम्म ३६ सय फाइलबाट ३५ हजार नेपाली ल्याउनका लागि मागपत्र प्रमाणीकरण भएको छ, रोजगारदाताले नेपाली कामदारमा लिन इच्छुक रहेकोले पनि नेपालीको माग उच्च छ।’
साउदीमा दक्ष कामदारको माग बढेको र हालै २१ हजार रियाल मासिक करीब सात लाखसम्म तलव पाउने कम्प्युटर प्रोग्रामरको माग पनि आएको भन्दै राईले भविष्यमा अदक्षभन्दा दक्ष र प्राविधिकरुपमा दक्ष कामदारको मागबढ्न सक्ने आँकलन गरिएको बताए ।
हाल साउदीमा माग भएका कामदारमा ‘लेबर कोटा’ बढी रहेको उनले बताए । भविष्यमा सीपयुक्त र दक्ष कामदार आपूर्ति गर्न सकिएमा श्रमिक सम्बन्धि समस्या कम आउने साथै रेमिटेन्स वृद्धि गर्नमा पनि मद्दत मिल्ने उनको भनाई छ ।
साउदी जान चाहने नेपालीले त्यहाँको सरकारले तोकेको होटलमा क्वारेन्टाइनमा ७ दिन बस्नुपर्ने बाध्यता छ । साउदी जानेहरुको लागि सयभन्दा बढी संस्थागत क्वारेन्टाइन तोकिएको साथै खर्च रोजगारदाताले व्यहोर्नुपर्ने व्यवस्था रहेको उनले बताए ।
सरकारले नियमित हवाई उडान शुरु नगरेको समयमा साउदीमा रोकिएका २५ जना कामदारको शव नेपाल पठाउन सकिएको छैन उनले भने ‘वाइडबढी जहाज आएमा २ वटा फ्लाइटमा सबै शव पठाउन सकिने थियो तर न्यारोबढीको जहाजले मात्र साउदीको उडान भरेको हुनाले एउटा फ्लाइटमा बढीमा २ वटा शव पठाउन सकिएको छ ।’