News
नेपालमा आज कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु
सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ८ हजार ६ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २१ हजार ३ सय ७२ वटा परीक्षण गर्दा ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको छ।
साथै पछिल्लो २४ घण्टामा १९ सय ९३ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ८९ हजार ७ सय ८३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५८ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ७५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।