News

मलेसिया सरकारले गर्‍यो यस्तो निर्णय ( हेर्नुहोस् )

काठमाडौंमा / मलेसियाले आफ्‍ना नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसकेपछि मात्र विदेशी कामदारलाई प्रवेश दिने भएको छ । आगामी माघभित्र सबै नागरिकलाई खोप लगाइसक्ने गरी तयारी गरिरहेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ । नेपाली राजदूत उदयराज पाण्डेका अनुसार मलेसियामा कार्यरत नेपाली श्रमिकले समेत खोप लगाइरहेका छन् । मलेसिया सरकारले दैनिक दुई लाखभन्दा बढीलाई खोप लगाइरहेका छन् ।

खोप लगाउँदा स्वदेशी र विदेशी भनेर नछुट्याएको पाण्डेले जानकारी दिए । ‘मलेसियामा अहिले कोभिडको प्रकोप पुनः बढेकाले बजारहरू ठप्प छन् । लकडाउन जारी छ,’ उनले भने,’ आगामी चार महिनामा सबैलाई खोप लगाइ सकेको खण्डमा खोप लगाएका श्रमिकलाई मलेसियाले स्वीकार गर्न सक्नेछ ।’

नियमित रुपमा एक वर्षभन्दा बढी भइसक्दा पनि नेपाली कामदार मलेसिया जान पाएका छैनन् । कोभिड-१९ महामारी सुरु भएपछि मलेसियाले विदेशी कामदार लिन छाडेको हो । स्वास्थ्य सुरक्षाको दृष्टिकोणले मलेसियाले विदेशी कामदार लिएको छैन ।

पछिल्लो समय नेपाली श्रमिकको रोजगारका लागि सबैभन्दा पुरानो गन्तव्यस्थल मानिएको मलेसियामा नेपाली कामदार घट्दै गएको छ । करिब तीन लाख कामदारमध्ये गत वर्ष एक लाख ४० हजार कामदार स्वदेश फर्किसकेका छन् । अहिले मलेसियामा करिब एक लाख ६० हजार नेपाली कामदार छन् ।

नियमित अन्तरराष्ट्रिय उडान नहुँदा मलेशियामा अलपत्र परेको शव आएको छैन । मलेसियाको विभिन्‍न अस्पतालमा ५० भन्दा बढी शव अहिले पनि अलपत्र अवस्थामा छ । गत वर्षको लकडाउनमा पनि चार्टड उडानमा मृतक कामदारको शव ल्याइएको थियो ।

मलेसियाबाट मात्र गत आर्थिक वर्षमा ७२ करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको थियो । १० महिनामा ८ खर्ब ९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । सबैभन्दा बढी अमेरिकाबाट १ अर्ब ५२ करोड डलर, कतारबाट ७७ करोड र साउदी अरबबाट ८८ करोड रेमिट्यान्स भित्रिएको छ ।ई कागजवाट

Related Articles

Back to top button