EntertainmentVideo

शान्ती श्रि पारियार र सन्तोष केसीको तिज गीत “बुहारी” छोटो समयमै यति धेरै चर्चा कमायो… (भिडियो सहित)

काठमाण्डौ । असार सकिनै लाग्दा नेपालीहरुको महान पर्व हरितालीका तीजलाई लक्षीत गर्दै नयाँ नयाँ तीज गीतहरु सार्वजनिक भइरहेका छन । 

पछिल्लो साता देखि दैनिक २ गीतहरु सार्वजनिक भइरहेका छन । यसैक्रममा लोकप्रिय सर्जक सन्तोष केसीले सिर्जना गरेको कारुणीक कथामा बनेको गीत बुहारी पनि भर्खर मात्र सार्वजनिक भएको छ । 

गीत सार्वजनिक भएको २४ घण्टा नवित्दै उत्कृष्टको सूचिमा समेत पर्न सफल भएको छ । गीतले एक गरिव परिवार र धनी परिवारकी बुहारीको बेदनालाई उत्कृष्ट रुपमा देखाएको छ । गीतमा सन्तोष केसी,शान्ती श्री परियार र राधिका हमालको आवाज रहेको छ । 

अग्रज कलाकाहरु राखेर गीतको म्युजिक भिडियो समेत उत्कृष्ट बनाइएको छ । गीतमा प्रकाश भट्टको निर्देशन रहेको छ भने शिवहरी पौडेल,सन्तोष पन्त,हिउवाल गौतम,संगम भण्डारी,किरण केसी,अञ्जु महर्जन र रमेश केसीको अभिनय रहेको छ । 

भिडियो हेर्नुहोस्

Related Articles

Back to top button