News

मेलिना मैनालीसँगको बाचा पूरा गरे राजेश पायल राईले ( भिडियो हेर्नुहोस् )

काठमाडौं । अन्तर्राष्ट्रिय फ्रेन्चाईस रियालीटि शो ‘द भ्वाईस अफ नेपाल सिजन-३’ बाट बाहीरिएकी अब्बल प्रतिस्पर्धी मेलीना मैलालीसँग गायक राजेशपायल राईले नयाँ गीत गाएका छन् । मेलीना बाहीरिएसँगै चर्चित गायक राईले एउटा गीत गाउन मौका दिने प्रतिबद्धता जनाएका थिए ।

त्यही प्रतिबद्धता पूरा गर्न राजेशपायलले मेलीनासँग ‘चोरी भो’ बोलको गीत आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । भिडियो अपलोड भएको १८ घण्टा नबित्दै एक्सप्लोर सिस्टमअन्तर्गत २७-औँ ट्रेण्डिङमा समेत परेको छ ।

राजधानीस्थित स्टुडीयो किङमा रेकर्ड गरिएको गीत मदन पुरस्कार बिजेता दमिनी भिर उपन्यासका लेखक राजन मुकारुङले शब्द रचना गरेका हुन् । राजेशपायलको आफ्नै संगीतमा तयार गीत राजु कार्कीले एरेन्ज गरेका छन् । त्यस्तै स्टुडीयो कभर भिडियो मनोज राईले छायाङ्कन र सम्पादनसमेत गरेका छन् ।

मेलिना द भ्वाईसको नकआउट चरणमा बाहीरिएकी थिइन् । कोच प्रमोदको टीममा रहेकी मेलीना मैनालीसँगै किरण गजमेर र सुदिता राई तीनै जनाले गाएका थिए । सोही नकआउट चरणमा फत्तेमानराज भण्डारीको गीत यस्तो पनि हुदो रहेछ बोलको गीत गाएकी मेलीना छनोट नभएपछि हौसला दिदै गायक राजेशपायलले एउटा गीत आफूसँगै रेकर्ड गरिदिने बाँचा गरेका थिए ।

गायक राजेशपायल हाल द भ्वाईसकै स्टान्ड अप कोचको रुपमा छन् । उनी सिनियर कोच बरिष्ठ गायक दीप श्रेष्ठको ठाउँमा केही समयका लागि आयोजकले ल्याएको हो । कोच दीपलाई कोरोना संक्रमण भएपछि अहिले उनी होम क्वारेन्टीनमा आराम गरीरहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य बन्न अझ केही दिन लाग्ने उपचारमा संलग्न डाक्टरको भनाई छ ।

द भ्वाईसमा अत्यधिक रुचाइएकी मेलिनासँगको पहिलो गीत राजेशपायल राई फाउण्डेशनको सहयोगमा रेकर्ड भएको हो । जसलाई १८ घण्टाभित्र डेढलाख जनाले हेरीसकेका छन् । राईको आफ्नो च्यानलबाट सार्वजनिक भएका गीतहरुमध्ये यो सबैभन्दा छोटो समयमै ट्रेन्डिङमा परेको गीत हो ।

Related Articles

Back to top button