News

लकडाउन उल्लंघन गरेको आरोपमा १३२ जना नियन्त्रणमा

पोखरामा प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा १३२ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको छ ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा उनीहरुलाई पोखराका मुख्य–मुख्य चोकबाट नियन्त्रणमा लिइएको हो ।

गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरामा दिनप्रतिदिन कोरोनाका संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई सुरुको दिनमा सम्झाएर पठाउने गरिएको थियो । बुधबारदेखि भने मास्क नलगाउने, अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई प्रहरीले जहाँको त्यहीँ रोकेर राख्ने गरेको छ ।

पोखरामा बुधबार बिना काम सडकमा हिँडडुल गर्ने १३२ जनालाई नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए । नियन्त्रणमा दिइएका मध्ये १८ जना महिला र ११४ जना पुरुष रहेको उनले बताए ।

Related Articles

Back to top button