आयोजनाकै गाडी बगाउँदा वेपत्ता भएका इन्जिनियर सहित ३ जनाको अवस्था कस्तो छ ?
काठमाडौ । पर्वतको कुस्मामा बुधबार बाढीले गाडी सहित मानिस बगायो । मध्यपहाडी लोकमार्गमा काम गर्ने लामा कन्स्ट्रक्शनका साइट इन्चार्ज राजाराम आचार्य र कार चालक इन्द थारुलाई गाडी सहित बगाएको थियो । अर्का एक जना नाम खुल्न नसकेका ब्यक्ति पनि बगेका थिए । तर उनीहरुको अवस्था अहिले सम्म पनि वेखबर छ ।
बुधवार खोजी थालिएको भएपनि पत्ता लाग्न सकेको छैन । बुधवार गाडीको केही भाग मात्र फेला परेको थियो । आयोजना प्रमुख आचार्य काठमाडौंको जोरपाटीका स्थायी बासिन्दा हुन् भने थारु कैलालीका हुन्। बगेको ठाउँबाट नकिकै मोदी नदी छ। उनीहरु मोदीमै वेपत्ता भएको अनुमान प्रहरीले गरेको छ ।
आचार्य र थारु सवार प्र।३–०१०२३च३६४२ नम्बरको कार भने बगेको ठाउँबाट झण्डै डेढ किमी तल मोदी खोलाको भंगालोमा फेला परेको थियो। मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम कुस्मा ८ मा रहेको सुन्दरखोलामा आएको बाढीले बुधबार राति कार बगाउँदा दुई जना बेपत्ता भएका हुन्।
बुधवार बिहानैदेखि पर्वतसहित आसपासका जिल्लामा ठूलो पानी परिरहेकाले उनीहरुको खोजी गर्न पनि समस्या भएको छ । वर्षाले वाटो समेत भत्काएको छ भने नदी पनि बढेको छ । ‘हामीले खोजीका लागि गुल्मी, स्याङ्जासहित नदी आसपासका अन्य जिल्लाका प्रहरी युनिटहरुलाई पनि अनुरोध गरेका छौँ’ पर्वतका प्रहरी प्रमुख डिएसपी विशवराज वुढाथोकीले भने ।