उदयपुरको ताप्लीमा बोलेरो दु’र्घ’ट’ना, एकजनाको मृ’त्यु
उदयपुरको ताप्ली गाउँपालिका–५ डुढेमा आज (विहिबार) बिहान २ बजे बोलेरो दुर्घटना हुँदा एकजनाको ज्या’न गएको छ । स्थानीय धन बहादुर नेपालीको छोरा वर्ष अन्दाजी २५ को रमेश नेपालीको बोलेरो दुर्घटनामा ज्यान गएको हो ।
डुढे स्थित भित्री कच्ची सडक खण्डमा कटारीबाट रुपाटार तर्फ जादैँ गरेको प्र २–०१–००–१ च–००५० नम्बरको बोलेरो गाडी उकालो चढ्न नसकी चिप्लिन गई ब्याक हुँदा उक्त गाडीमा सवार नेपाली ओर्लने क्रममा सोही गाडीको टायरले कम्मर देखी मुनिको भाग किच्दा उनी गम्भीर घाइते भएको जिला प्रहरी कार्यालय उदयपुरले जनाएकोे छ । घाईते नेपालीको तत्काल उद्धार गरी साढे ७ बजे कटारी अस्पताल पु¥याउदा मृत्यु भईसकेको अस्पतालले जनाएको छ ।
मृतकको शवलाई कटारी अस्पतालमा राखिएको छ । गाडी प्रहरी चौकी रुपाटारको नियन्त्रणमा रहेको छ, भने चालक सोही स्थानका ३० वर्षीय ईस्वर श्रेष्ठ फरार रहेकाले खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद प्रसाद गौतमले बताउनुभयो ।