दुई दिनदेखि बेपत्ता बालकको श’व भेटियो
कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ बाट दुई दिनअघि बे’पत्ता नाबालक विवेक बिष्ट आज मृ’त अवस्थामा भेटिएका छन्। उनको श’व झण्डै ५ किलोमिटर तल टीकापुर नगरपालिका–४ बाघमारास्थित जमरा कुलोमा भेटिएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिएको छ।
उनका अनुसार नाबालक बिष्टको श’व कुलोको पानीमा रहेको झा’डीमा अड्किएको अवस्थामा फेला परेको हो। स्थानीय दिलिप बिष्टका नाबालक छोरा विवेक सोमबार बिहान ११ बजे घर नजिकैबाट बेपत्ता भएका थिए।
उनी दिदी नाता पर्ने १५ वर्षीया पुनम बिष्टसँगै घर नजिकै जामुन खान गएका थिए। पुनमले प्रहरीसँगको बयानमा आफू विवेकलाई सडकमै छोडेर साथीको घरमा गएको र विवेक समेत उनका साथीको घरमा खेल्न गएको बताएकी थिइन्। उनले विवेककी आमालाई समेत त्यसै भनेकी थिइन्।
प्रहरीले घटनाका बारेमा विस्तृत रुपमा अनुसन्धान भैरहेको जनाएको छ। डिएसपी सापकोटाले आफू घटनास्थलमै रहेको र घटनाका बारेमा अनुसन्धान भैरहेको जानकारी दिए।