News

कैलालीमा नजिकैका आफन्तकोमा जान हिँडेका ३ वर्षका बालक अचानक हराएपछि गाउँले त्रा समा

काठमाडौ । कैलालीमा फेरी एक ३ वर्षका बालक ३ दिन देखि हराएको भन्दै परिवारका सदस्य चिन्तित भएका छन् । प्रहरी र स्थानियको सहयोगमा बालकको खाजी गरिएको भएपनि उनी फेला पर्न सेका छैनन् । कैलालाीको टिकापुरवाट बालक हराएका हुन् टीकापुर नगरपालिका १ ब्लक नं। ८ का दिलिप विष्टका छोरा विवेक सोमबार बिहान ११ वजेदेखि हराएका हुन् । दिदीसँगै जामुन खान गएर फर्किएका उनी नजिकैको आफन्तकोमा जान्छु भन्दै हिँडेका थिए । तर उनी आफन्तकोमा पुग्दै पुगेनन् ।

एकछिन पछि खोजी गर्दा नभेटिएको परिवारका सदस्यले बताएका छन् । तत्काल आफन्तले प्रहरीलाई खबर गरेका थिए । फोनवाट खबर गर्दा पनि प्रहरीले वास्ता नदेखाएको आफन्तको गुनासो छ । प्रहरीले कुरा नसुनेपछि साँझ साढे ५ बजे आफैँ प्रहरी कार्यालयमा पुगेर डीएसपी प्रकाश सापकोटालाई भनेपछि मात्रै प्रहरी परिचालन भएको परिवारका सदस्यको गुनासो छ ।

नाटकीय रूपमा नाबालक हराएपछि खोजीका लागि कुकुरको प्रयोग समेत गरिएको छ । मंगलबार बिहान दुई वटा कुकुरको प्रयोग गरेर खोजी थालिएको बताइएको छ । विवेक हराएपछि गाउँमा त्रा स फैलिएको छ ।

Related Articles

Back to top button