बाढीले घर भ’त्काउँदा श्रीमान-श्रीमतीको मृ’त्यु
बेनी : म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङमा बाढीले घर भत्काउँदा बुधबार बिहान दुई जनाको मृ’त्यु भएको छ । खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर पुर्दा त्यहाँ पसल गरी बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनाको मु’त्यु भएको हो ।
घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले बाढीले घरभित्र सुतिहेको अवस्थामा पुरिएका रोका दम्पत्तीको श’व फेला परेको बताए । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, मंगला र मालिका गाउँपालिकाका जनप्रतिनिधी र स्थानीयबासीहरु बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरको व्यवस्थापनमा परिचालन भएका छन् ।
खहरेखोलाको बाढी पसेर मंगला गाउँपालिकाको छिसवाङका अन्य घरहरुमा पनि क्ष’ति पुगेको छ । खानेपानी र सिचाई आयोजनामा पनि क्षति भएको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलले घ’टनास्थल पुगेर क्ष’तिको विवरण संकलन, बे’पत्ताको खोजी र जो’खिमका घरधुरी व्यवस्थापनमा जुटेको बताए । (फाइल तस्बिर)