News
आफ्नै विद्यार्थीलाई होटलमा लगेर करणी गरेको आरोपमा शिक्षक पक्राउ
आफैले पढाउने विद्यार्थीलाई होटलमा लगेर करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेको छ । काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामालाई विद्यार्थी करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माहानगरीय प्रहरी परिसरले तामाङलाई मंगलबार पक्राउ गरेको हो ।
उनले बालिकालाई होटलमा दुई दिनसम्म राखेर पटक–पटक जबरजस्ती करणी गरेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । लामालाई हिरासतमा राखेर जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित एक होटलमा ललाइफकाइ ती बालिकालाई लगेर उनले जबरजस्ती करणी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।