News

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य कति पुग्यो ? हेर्नुहोस

काठमाडौं / नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगम मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै खाना पकाउने ग्यास, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य मूल्यमा २ रुपैयाँ बढाएको हो।

इन्धनको मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम गरिएको छ। कोरोनाका बाबजुद पनि भारतबाट आउने इन्धनको मूल्य बढेकाले पुनः समायोजन गरिएको निगमले जनाएको छ।

आन्तरिक ह्वाइ इन्धनतर्फ ८४ प्रतिलिटर, अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ ७५४, एलपी ग्याँसमा प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धी गरेर १४२५ रुपैयाँ पुर्याइएको निगमले जनाएको छ । निगमका अनुसार आज राति १२ बजेदेखि इन्धनका मूल्य बढ्नेछ ।

अन्य समाचार / ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ गितबाट देशविदेशमा परिचित भएका गायक प्रकाश सपुतले आफ्नो पहिलो कार खरिद गरेका छन । उनको ‘दोहोरी ब्याटल’, ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरिलै’ हुँदै ‘मेरो पनि होइन र यो देश ?’ गित सुपरहिट नै बने । उनै गायक सपुतले ४९ लाख रुपैयामा सेतो कालो कलरको हुन्डाई क्रेटा खरिद गरेका हुन् ।

आज सम्म मोटरसाइकलमा यात्रा गर्ने गायक सपुतले दमदार कार किनेपछि शोरुमबाट बुबाआमा, श्रीमती छोरी लगायतलाई चढाएर सिधै दक्षिणकाली मन्दिर दर्शनमा लागेका थिए । छोराले कार किनेपछि बुबाआमाले आफुहरु निक्कै खुसि भएको बताएका छन ।

केहि वर्ष अगाडी काठमाडौँ छिरेका गायक सपुतले धेरै समय अरु सर्बसाधारण झैँ सार्बजनिक यातायातमा यात्रा गरे । बल्ल तल्ल दोहोरी साँझमा काम पाएका उनले दोहोरी साँझमा काम गरेको दुईतिन वर्षपछि ‘सेकेन्ड ह्याण्ड’ स्कुटर किनेका थिए । अझै मेहेनत गरेर त्यसको केही वर्ष उनले ‘सेकेन्ड ह्याण्ड’ मोटरसाईकल किनेका सपुतले अन्तत आफ्नो सपनाको कार किन्न सफल भएका छन ।

गाडी किनेपछि गायक सपुतले खुसि साट्दै सामाजिक संजालमा लेखेका छन – ‘सपना, संघर्ष, सिर्जना, सफलता मेरो ! साथ, सहयोग, शुभेच्छा तपाईहरुको । सपना देख्नेहरुलाई हौसला हुनसक्छ – “ कलाकार मात्रै भएर पनी कार चढ्न सकिन्छ है। “ जिवनको पहिलो गाड़ी ।’ जीवनको पहिलो कार खरिद गरेपछि उनले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो समेत बनाएर राखेका छन । भिडियो यहाँबाट हेर्नुहोस ।

Related Articles

Back to top button