HealthNews

जसले काठमाडौलाई आफ्नो मानेर २० वर्ष बिताए, उसैलाई काठमाडौले कसरी निल्यो ?

काठमाडौ । ‘मेरो दाईले काठमाडौलाई आफ्नै मान्थे तर होइन रहेछ, काठमाडौले नै दाइलाई निल्यो’ सत्यनारायण पारिकका भाइ सजयले दाईको शव हेर्दै गुनासो गरे । मार्केटिङको काम गर्दै २० वर्ष देखि काठमाडौमा बस्दै आएका भारतीय नागरिक सत्यनारायण मृ त अवस्थामा फेला परेका हुन् । उनी आफु बस्दै आएको भाडाको घरको पहिलो तलामा मृ त फेला परेका हुन् । घटना रहस्यम भन्दै प्रहरीले अनुसन्धानका लागि कुकुरको प्रयोग गरेको छ ।

ललितपुरको सानेपामा बस्दै आएका भारतीय नागरिक कोठामा केही संकेतहरु पनि फेला परेको प्रहरीले प्रारम्भिक अनुसन्धानवाट जनाएको छ ।

भारत, राजस्थानका ५९ वर्षीय सत्यनारायण पारिकको कोठाका केही सामान पनि हराएका कारण चोरी गर्न पसेका ब्यक्तिले घटना गराएको हुनसक्ने अनुमान गरिएको छ । घटना कतिवेला भयो भन्ने कुरा एकिन नभएपनि शुक्रवार राती नै घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

अन्तिम पटक पारिकले शुक्रबार साँझ एक जनासँग कुरा गरेको देखिएको प्रहरीले जनाएको छ । त्यसपछि कसैसँग सम्पर्क भएको देखिएको छैन । प्रहरीले आइतवार मात्रै घटनावारे थाहा पाएको हो । प्रहरीले घटनास्थल नजिकैको सीसीटीभी अध्ययन गर्दैछ भने फरेन्सिक विज्ञलाई पनि घटनास्थलमा लगेको छ ।

पारिक इलेक्ट्रोनिक सामग्रीसँग सम्बन्धित पसलमा मार्केटिङको काम गर्थे । उनी २० वर्षदेखि नेपालमा बसिरहेका छन्, १२ वर्षदेखि घटना भएको घरको माथिल्लो तलामा बसिरहेको प्रहरीले जनाएको छ । घटना भएको बेला उनी घरमा एक्लै भएको देखिएको छ । मोटरसाइकल दुर्घटनामा परी खु ट्टा भाँ च्चि एका सत्यनारायण राम्रोसँग हिँडडुल गर्न सक्दैनथे। उनले ८ वर्ष अघि श्रीमती गुमाएका थिए । भाई सञ्जयले उनलाई घर जान सुझाव दिएका थिए तर उनी मानेनन् ।

घरमा श्रीमती नभएको र एउटी छोरीको विवाह गरेर दिइसकेका कारण भारतको घरमा पनि उनलाई माया गरेर बोलाउने पनि कोही थिएनन् । त्यसैले उनी लकडाउनको बेलामा पनि घर जान चाहेनन् । खुट्टा ठिक नभएकाले उनी काममा पनि त्यति धेरै जाँदैनथे। ‘मैले त बूढो भइसक्नु भयो घर गएर आराम गर्नुस् भनेको हुँ तर मान्नुभएन। काठमाडौंमा मा रि नु लेख्या रहेछ के गर्नु ?’ सञ्जयले भने। तस्बिर : नेपाल समय

Related Articles

Back to top button