News

सुजिता भण्डारी मृत्यु प्रकरण : शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइयो

चितवन जिल्लाको एक सामुदायिक वनमा हराएको ९ दिनपछि मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको पोष्टमार्टम हुनेछ । पोष्टमार्टमको रिपोर्टबाट सविता भण्डारीको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो । घरबाट हिँडेको १० दिनपछि मृत फेला परेकी सुजिताको मृत्युको कारण खुल्न सकेको छैन। सीआईबीबाट खटिएको टोली र चितवन प्रहरीले घटना अनुसन्धान गरिरहेका छन् ।

राप्ती नगरपालिका–३ घर भएकी २२ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो । उनी असार ११ गते बिहान ६ बजे घरबाट साथीको घर जान्छु भन्दै हिँडेकी थिइन् । तर सोही दिन दिउँसो भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन् । उनको परिवारले सविताको अपहरण भएको भन्दै प्रहरीमा उजुरी दिएको थियो ।

Related Articles

Back to top button