जीप दुर्घटना, १ जनाको मृत्यु, ४ जना घाइते
सुर्खेत / कालीकोटको नरहरिनाथ गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
रास्कोट नगरपालिकाबाट मान्मा जाँदै गरेको प१ल २३ नम्बरको जिप नरहरिनाथ गाउँपालिकाको लालिघाटमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दले जानकारी दिए ।
एसएसपी चन्दका अनुसार दुर्घटनामा परी सान्नी त्रिवेणी गाउँपालिका–३ की ३५ वर्षीया पम्फा फडेराको मृत्यु भएको हो ।
मंगलबार बिहान भएको दुर्घटनामा अन्य ४ जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अन्य समाचार :
काठमाडौं । काठमाडौं उपत्यकामा रोकिएको परीक्षा चलाउन पाइने भएको छ । आइतबार बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै सो निर्णय गरेको हो ।
उक्त बैठकले उपत्यकामा बढीमा २५ जना विद्यार्थीसम्म राखेर परीक्षा चलाउन पाइने निर्णय गरेको हो । यस्त परिक्षा सञ्चालनको लागि परीक्षार्थीहरू हलमा प्रवेश गर्नुअघि र परीक्षा सकिएपछि स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने बताइएको छ ।
यस्तै आजको बैठकले निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाउने निर्णय गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यही असार २२ गते मंगलबारदेखि लागू हुने गरी जोर विजोर प्रणाली हटाउँदै १० दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।
सबै यातायातका साधन चलाउन अनुमति दिए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने प्रशासनले भनेको छ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन ।
सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न अनुमति दिइएको छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो।