गायिका मेलिनाले खोलीन् कमल खत्रीसंगको सम्बन्ध, के कमल प्रेमी हुन् ?
काठमाडौ । गायिका मेलिना मैनालीले ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजनमा सहभागीता जनाएपछि उनको चर्चा एकाएक चुलीयो । झापा एक सामान्य परिवारमा जन्मेकी मेलिना अहिले निकै ब्यस्त गायीका बनेकी छन् । उनलाई दिनमा एउटा गीतको अफर आउने गरेको छ ।
भ्वाइसमा सहभागी हुनुअघि पनि उनी गीत त गाउँथिन् तर चर्चित हुन सकेकी थिइनन् । तर भ्वाइसवाट उनले आफ्नो छुट्टै पहिचान बनाउन पाएकी छन् । राम्रो स्वर भएको कारणले मेलिनाले अहिले सम्म धेरै गीतहरु बजार मा ल्याइएकि छिन।
मेलिनामा यस्तो स्वर छ कि उनको स्वरमा जो कोहि पनि फिदा हुन्छन। मेलिनाको घरको स्थिति कम्जोर भएको कारण ले उनले यो कलाकारिता क्षेत्र लाई अगाडी बढाउन सकेकी थिइनन्। तर अहिले उनको दैनिकी फेरीएको छ ।
करिअर सुखद तरिकाले अगाडि बढ्दै गर्दा मेलिनाको प्रेम चर्चा पनि सुरु भएको छ । गायक कमल खत्रीसँग नजिक रहेकी मेलिनाको नाम कमलसंग जोडिएको छ । उनीहरु प्रेममा रहेको चर्चा छ । तर, मेलिना कमल खत्री आफ्नो प्रेमी नभएको बताउँछिन् । उनले भनिन्–‘यो क्षेत्रमा अगाडि बढ्नका लागि कसैले मलाई साथ दिएको छ । कमलजी मेरो प्रेमी नभएर अभिभावक हुनुहुन्छ ।’