EntertainmentVideo

चर्चित गायक खेेम सेन्चुरीले गाएको यस बर्षको पहिलो तिज गीत चर्चामा (भिडियो सहित)

काठमाडौं / पछिल्लाे समय काेराेनाकाे माहामरीले गर्दा गीत संगित क्षेत्रमा केहि समस्या देखिरहेकाे छ तर भने नेपाली कलाकार र गायकहरुले यस्ताे काेराेनाकाे माहामारीकाे बेलामा पनि दर्शकहरुलाइ केहि मनाेरञ्जन दिनका लागि भएपनि केहि नाैलाे प्रस्तुतीहरु सधै साभार गरिरहेका छन् ।

यसैविच जानुका तामाङको तिज गीत ‘मरिन्छ कि साइलो’ बजारमा आएको छ । कोरोना भाइरसले निम्त्याएको सङकटले दुःखी गरिबलाई चुलो बाल्न समेत समस्या परेको विषयमा आधारित रहेर गीत तयार पारिएको छ । गीतमा खेम सेन्चुरी, जानुका तामाङ, विमलराज क्षेत्री, राधिका हमाल, खुमन अधिकारीको स्वर रहेको छ । 

शब्द सिर्जना नेत्र आर्यालले गरेका छन् भने सङगीत सेन्चुरीको रहेको छ । गीतको म्युजिक एरेञ्ज विनोद बाजुरालीले गरेका छन् । भिडियोमा सबै गायक गायिकाले अभिनय गरेका छन् । भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् ।

सेन्चुरीले सङ्गीत गरेका गीतले पछिल्लो समय निकै चर्चा पाउन थालेका छन् । गत वर्ष उनकै स्वर तथा सङगीत, अर्यालको शब्दमा बजारमा आएको शम्भु कुवँरको तिज गीत ‘लरिलरि लै, रुन्छु बरिलै’ ले युटुवमा १ करोड ३३ लाख बढि भिउज बटुलेको छ । 

सेन्चुरीको सङगीत, स्वर रहेको गीत ‘झ्यालमा पर्दा पर्दा छ’ ले १ करोड ६५ लाख धेरै भिउज पाएको छ । उनले सङगीत रहेको अर्को गीत ‘चिया छानेको’ले १ करोड ७६ लाख बढि भिउज बटुलेको छ । सेन्चुरीको सङगीत, स्वर रहेका सबैजसो गीत चर्चामा छन् ।

Related Articles

Back to top button