News

पेरुलाई १-० ले हराउँदै ब्राजिल फाइनलमा

‏काठमाण्डाै / ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । ब्राजिलले पेरुलाई १–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको ओलम्पिक मैदानमा आज बिहान भएको खेलमा ब्राजिलका लुकास पाक्वेलाले गरेको गोल नै निर्णायक भयो । पाक्वेलाले खेलको ३५ औं मिनेट गोल गरे ।

कोपा अमेरिका फुटबलको यो प्रतियोगितामा ब्राजिल अपराजित टोली हो । क्वार्टर फाइनलमा ब्राजिलले चिलीलाई र पेरुले पाराग्वेलाई हराउँदै सेमिफाइनलमा पुगेका थिए । ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३–१ ले हराएर उपाधि जितेको थियो । कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा भोलि बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् ।

अब ब्राजिलले अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

अन्य समाचार /काठमाडौं । ‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरूले डराउनुपर्दैन ।

आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यलाई राजस्वसमेत बढाउन यस्तो नियम कडाइका साथ लागू गर्न लागिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । पौडेलका अनुसार विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा रजिस्टर गरेपछि मात्रै सञ्चालनमा आउनेछन् । हाल चलिरहेका मोबाइललाई यो नियम कडाइका साथ लागू नभए पनि साउन एक गतेपछि सञ्चालनमा आउने मोबाइलमा यो नियम कडाइका साथ लागू हुनेछ ।

नेपालमा खरिद गरिएका मोबाइलमा नेपाल भित्र्याउने कम्पनीले रजिस्टर गर्ने हुँदा त्यसको सबै जानकारी प्राधिकरणसँंग हुने र बाहिर–बाहिर ल्याइएका मोबाइलको कुनै जानकारी नहुँदा त्यस्ता मोबाइलबाट आपराधिक क्रियाकलापसमेत हुने गरेको र त्यसको नियन्त्रणका लागि मोबाइल रजिस्ट्री अनिवार्य गरेको प्राधिकरणले जनाएको छ । अहिलेसम्म चलेका मोबाइल दर्ताभन्दा पनि अब नयाँ भित्रिने मोबाइलमा केन्द्रित भएर काम गरेको प्रवक्ता पौडेलको भनाइ छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Related Articles

Back to top button