News

चितवनमा फेरी अर्की युवती ७ दिनदेखि बेपत्ता ! खोजिदिन परिवारको आग्रह

चितवन, २१ असार । चितवनमा फेरी अर्की युवती बेपत्ता भएकी छिन् । ९ दिनदेखि वेपत्ता भएकी किशोरी सञ्जिता भण्डारीको स,डेगलेको अवस्थामा श व भेटिए लगत्तै अर्की एक युवती बे,पत्ता भएकी हुन् ।

बेपत्ता हुनेमा २१ वर्षिय विना सापकोटा रहेकी छिन् । असार १४ गते साँझ साढे ४ बजेदेखि उनी घरबाट बेप,त्ता छिन् ।

उनका आफन्तले युवती भेटिए सम्पर्कमा ल्याउन ९८५५०६३९५६ नम्बर नै सार्वजनिक गरेका छन् । स्थायी घर गैडाकोट ४ नवलपरासी रहेकी उनको खोजी कार्य भइरहेको छ । अन्य समाचार चितवन– चितवनको राप्ती नगरपालिकामा ९ दिन देखि हराइरहेकी एक युवतीको शव फेला परेको छ। आइतबार साँझ राप्तीकै ब्रम्हस्थानी सामुदायिक वनमा युवतीको शव फेला परेको हो।

उक्त शव राप्ती नगरपालिका ३ की २२ बर्षीया सुजिता भण्डारीको रहेको परिवारका सदस्यले बताएका छन्। शव घटनास्थलमै रहेको र पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ।

जंगलमा च्याउ टिप्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । वनको बीचमा झाङमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिडेकी सुजिता सोही दिनदेखि बेपत्ता भएकी थिइन्। एक सातादेखि केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।

Related Articles

Back to top button