कोरोना संक्रमित बढेपछि ५२ जिल्लामा निषेधाज्ञा (सूचीसहित)
काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ५२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ५२ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ५२ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये १२ जिल्लामा आंशिक, बाँकी ४० जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ ।
गत १३ वैशाखको मन्त्रिपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो ।
निषेधाज्ञाको अवधिभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । निषेधाज्ञाको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । निषेधाज्ञाको उल्लंघन गर्नेलाई कारबाही गरिने मन्त्रालयले जनाएको छ ।