News

बाढीले बगाउँदा एक युवतीको ज्यान गयो

सप्तरीमा महुली खोलाको बाढीले बगाउँदा एक युवतीको ज्यान गएको छ । ज्यान जानेमा सप्तरी अग्निसाईर कृष्णसरवण गाउँपालिका १ बस्ने जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साह रहेकी छन् ।

सप्तरी प्रहरीका अनुसार सोमबार बिहान महुली जंगलमा बाँसको तामा काटन महाकुमारी १६ वर्षीया बहिनी आशाकुमारीसंगै पुगेकी थिइन् । तामा लिएर घर फर्किने क्रममा महुली खोलामा आएको बाढीले महा कुमारी साहलाई बगाएको थियो ।

दिदीलाई बगाएको कुरा स्थानीयलाई बहिनी आशाले जानकारी गारएपछि ईलाका प्रहरी कार्यालय महुली, ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी टोलि र स्थानीय बासिन्दाले खोजविनको क्रममा बगाएको ठाउँबाट करिब २ सयमिटर पर साँझ ५ बजे लास फेला परेको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

लासलाई पोष्टमार्टमको लागि सगरमाथा अंचल अस्पतला राजविराज पठाएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । टुडेपाटी

Related Articles

Back to top button