News

होन्डा हर्नेट २.० नेपालमा आइपुग्यो, कतिपर्छ मुल्य ? (मुल्यसहित)

काठमाडौं, २१ असार । युवाहरुले धेरै समय अगाडी देखि पर्खी रहेको होन्डाको नया मोटरसाइकल नेपाल आइपुगेको छ । नेपालका लागि होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले होन्डाको नया मोडल हर्नेट २.० नेपाल ल्याएको हो । गतवर्ष नै भारतीय बजारमा सार्वजनिक भएको हर्नेट २.० कोभिड १९ संक्रमणको कारण कम्पनिले नेपाल ल्याउन सकेको थिएन । यो सेग्मेन्टको मोटरसाइकल खोज्नेहरुले धेरै अगाडी देखि हर्नेट २.० को पर्खाइमा थिए ।

शोरुममा आईसकेको हर्नेट २.० को केहि समय पछी नै बिक्री सुरु गर्ने जनाएको छ । होन्डा हर्नेट २.० मा १८४ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड एफआई बीएस६ इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएममा अधिकतम १७.०३ पावर तथा १६.१० एनएम टर्क जेनेरेट गर्छ । १२ लिटर क्षमताको इन्धन ट्याङक रहेको यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ । त्यस्तै हर्नेट २.० मा अल डिजिटल कन्सोल दिइएको छ । निक्कै आकर्षक डिजाइनमा रहेको हर्नेट २.० मा १७ इन्चको अलोय ह्वील रहेको छ ।

सेफ्टी फिचरमा डबल पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, गोल्डेन कलर अपसाइड डाउन फर्क, मोनोशक सस्पेन्सन, सिल्ड चेन, एलइडी हेडल्याम्प तथा टेलल्याम्प रहेको छ । हर्नेट २.० मा सेग्मेन्ट कै फर्स्ट यूएसडी फर्क रहेको छ । अगाडीको टायर ११० एमएमको छ भने पछाडीको टायर पनि सेग्मेन्ट कै फर्स्ट १४० एमएमको रहेको छ । हर्नेट २.० ले ४० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दावी गरेको छ । कम्पनिले यो मोटरसाइकलको मूल्य ४ लाख ६० हजार रुपैयाँ निर्धारण गरेको छ । होन्डा हर्नेट २.० ले २०० सीसी सेग्मेन्टका टीभीएस अपाचे आरटीआर २०० फोरभी, बजाज पल्सर एनएस २०० आदी मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।

Related Articles

Back to top button