काठमाडौ । हराएको केही दिन पछि मृ त भेटिएकी सुजिता भण्डारीको घटना थप रहस्यम बन्दै गएको छ । घटनास्थलमा फेला परेका केही बस्तुले घटना रहस्यम बनाएको हो । घटनाको सत्यतथ्य छानविनको माग राख्दै स्थानियले अहिले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले प्रहरीले ल्याउँदै गरेको शव समेत रोकेका छन् ।
असार ११ देखि सम्पर्कविहीन भएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको शव आइतबार साँझ घरबाट करीब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनमा फेला परेको हो । भण्डारीको अ’पह’रण भएको भन्दै प्रहरीमा जानकारी दिइएको थियो ।
अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अ’पह’रण गरेको बताएकी थिइन् । घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो । आइतबार उनको शव भेटिएपछि घटनाले नयाँ मोड लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी उपरीक्षक ओम अधिकारीले भण्डारीको शव भिरालो जमिनको लहरोमा अ’ड्किएको अवस्थामा फेला परेको बताए। ‘तर शव नजिकै वि ष को बोतल पनि भेटिए पछि घटना रहस्यम भएको प्रहरीले जनाएको छ । तर यसको निर्क्यौल पोष्टमार्टम रिपोर्टले मात्रै गर्नेछ ।
एक अनुसन्धान अधिकृतका अनुसार उनले बोक्ने झोलासमेत घटनास्थल छेउमै भेटिएको छ । सुजिताको मोबाइल हालसम्म भेटिएको छैन, तर ब्याट्री चाहिं फेला परेको छ । प्रहरीका अनुसार कसैलाई त्यहाँसम्म लैजानु परे बोकेर लानुको विकल्प देखिँदैन । त्यसैले सुजिता आफैं घटनास्थलसम्म पुगेको हो कि भन्ने प्रहरी आशंका छ ।