जब बिहे भएको लगतै मड़पमै नयाँ बेहुलीले ‘मार्शल आर्ट’ देखाएपछी जन्ती आएका सबै छक्क परे (भिडियो सहित)
बीबीसी । एउटी दुलहीले विवाहको लुगा लगाएर ‘मार्शल आर्ट’ को कौशल प्रदर्शन गरेको भिडिओ भाइरल भएको छ। बीबीसीले पनि यसवारे भिडियो सार्वजनिक गरेको छ ।
यो घटना भारतको हो । भारतको तमिलनाडुको तूतीकोरिनमा निशाले आफ्नो बिहे सम्पन्न भए लगत्तै बेहुलीको भेषमा परम्परागत मार्शल आर्ट ‘सिलमबम’ गरेर देखाइन्। महिलाहरू आत्मरक्षामा सक्षम हुन सकून् भन्ने निशा चाहन्छिन्। निशाले यसरी मार्शल आर्ट प्रदर्शन गरेकी भएर धेरैले उनको तारिफ गरेका छन्।
विवाहको साडी र गहनामै उनले आफ्नो कौशल देखाउन थालेपछि उपस्थितहरु निकै उत्साहित भएको भिडियोमा देख्न सकिन्छ । उनलाई सबैले साथ दिइरहेका छन् । यो परम्परागत मार्शल आर्ट हो जसमा महिलाले आफ्नो आत्मरक्षा गर्न सक्छन् ।
यसमा बाँसको लठ् ठी प्रयोग हुन्छ । यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक हुनासाथ धेरैले हेरिसकेका छन् । भिडियोमा वेहुलीको तारिफ गर्दै कमेन्टहरु लेखिएका छन् ।