मोटरसाइकल र स्कुटर ठोकिँदा एकको मृत्यु
काठमाडौँको बौद्धमा मोटरसाइकल र स्कुटर ठोकिँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–६ बौद्ध ह्यात गेट नजिक सडकमा बा ६४ प ८२६३ नम्बरको मोटरसाइकल र बा ६८ प ४२७५ नम्बरको स्कुटर एकआपसमा ठोकिँदा मोटरसाइकलमा सवार नुवाकोटकी १८ वर्षीय बिजा तामाङको आइतबार साझ मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारका क्रममा ओम अस्पताल चावहिलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा सङ्लग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
थप समाचार / नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोले गर्दा संविधान च्यातिएको र लाखौँको सपनामा तुषारापात भएको बताएकी छन् ।
आइतबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको ‘संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन’ विषयक अन्तरक्रियामा बोल्दै राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोले गर्दा संविधान च्यातिएको र लाखौँको सपनामा तुसारापात भएको उनले बताइन् ।
उनले भनिन्, ‘आज दुइजना व्यक्ति मिल्दै गर्दा राष्ट्रपति र प्रधानमन्त्री मिल्दै गर्दा संविधान च्यातचुत, भाँचभुच भएन ? लाखौँका, हजारौँका सपनाहरु माथि तुषारापात भएनन् ? त्यसकारण यस्ता चिजहरुमा एकले अर्काको विरुद्ध प्रयोग गर्दै गर्दा गलत अभ्यासहरु नहुन् भन्नका लागि आगामी दिनमा हामीले खबरदारी गर्नुपर्ने रहेछ । त्यही नगरेको कारणले आज समस्या हाम्रो दलबाट शुरु भएको छ ।’
नेतृ झाँक्रीले आगामी दिनमा राष्ट्रपति र प्रधानमन्त्री बनाउँदा एक अर्काको शक्ति सन्तुलनको हिसाबले पनि बिचार गरिनुपर्ने बताएकी छिन् । साथै, राष्ट्रपति र प्रधानमन्त्रीमा पनि शक्ति पृथकीकरणको सिद्धान्तलाई विचार गरिनुपर्ने बताइन् ।