International

कतारी रियाल सहित ह्वात्तै बढ्यो विदेशि मुद्राको भाउ, हेर्नुहोस् कुन देशको कति ?

काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने कतारी रियालसहित अन्य केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८० पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९८ रुपैयाँ १७ पैसा तोकिएको छ।

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८० पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ २३ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ तोकिएको छ। एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६० पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७० पैसा तोकिएको छ।

Related Articles

Back to top button