कोरोना संक्रमित भएर पनि अक्सिजनको अभावमा जोखिममा परेकाहरुलाई बचाउन अभिनेता पल शाहले अभियान सुरु गरेका छन् । उनले अक्सिजन नपाएर अस्पतालमा भर्ना भएका संक्रमितको ज्यान बचाउन अभियान सुरु गरेका हुन् । उनले अक्सिन सिलिण्डरको अभाव कम गर्नका लागि अभियान सुरू गरेको बताएका हुन् ।
अक्सिजन नपाएर समस्यामा परेका अस्पतालहरुलाई २, ३ दिनभित्रै सहयोग पुग्नेगरी काम थालेको उनले जानकारी दिएका छन् । अभिनेता शाह यस्ता विपत्तीमा सहयोग गर्दै आएका छन् ।
अघिल्लो पटकको महामारीमा पनि समस्यामा परेकाहरुलाई घर घरमै पुगेर सहयोग गरेका थिए । आर्थिक रुपले विपन्न र लकडाउनका कारण खानै नपाएकाहरुलाई उनले राहत दिएका थिए । यो पटक भने संक्रमितलाई सहयोग गर्ने उनले बताएका छन् ।‘अक्सिजन नपाएर अस्पतालमा समस्यामा परेकाहरूलाई सहयोगका लागि हामी अक्सिजन सिलिण्डर जम्मा गर्दैछौं।
उनले अक्सिजन पाएको भएपनि सिलिण्डर नपाएकाले त्यसको खोजी थालेको बताएका छन् । आफ्नो समुहले थन्किएका सिलिण्डर जम्मा गर्ने अभियान सुरु गरेको बताएका छन् । उनीहरुले विभिन्न संघ संस्थासंग मिलेर अक्सिजन किनेर अस्पतालहरुमा सहयोग गर्ने बताएका छन् ।