News

सुजिता भण्डारीको शव अस्पताल लाने क्रममा स्थानीयले रोकेर गरे पूर्वपश्चिम राजमार्ग बन्द (भिडियो हेर्नुहोस)

चितवन, २१ असार । ९ दिन अगाडी देखि बेपत्ता भएकी सुजिता भण्डारीको श.व फेला परेपछी स्थानीयले महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् ।

तत्काल दोषी पत्ता लगाई का.रबाही गर्न माग गर्दै उनीहरुले राजमार्ग अबरुद्द गरेका हुन्। चितवन राप्ति नगरपालिका वडा नम्बर ३ निवासी भण्डारीको श.व चितवनको जंगलमा फेला परेको हो ।

उनि बेपत्ता भएपछि बहिनि अ.पहरणमा परेको भन्दै उनको दिदि मिडियामा आएकी थिइन । उनि तरकारी किन्न भनेर घरबाट निस्केपछी नफर्कीएपछी उनलाई दिदिले फोन गर्दा आफु अ.पहरणमा परेको बताएकी थिइन ।

सुजिताको खोजी कार्यमा प्रहरी प्रसाशन केहि दिन अगाडी देखि लागी पर्दै आएको थियो । यसै बीच चितवनको पुर्व पश्चिम राजमार्गबाट करिब साढे ३ किलोमिटर टाढा चितवन राप्ति नगरपालिका वडा नम्बर ३ स्थित जयश्री ब्रम्हास्थान सामुदायिक बनमा सुजिताको श.व फेला परेको स्थानीय रामेश्वर सिम्खडाले जानकारी दिएका छन ।

सुरुमाजंगलमा च्याउ खोज्न आउने चेपाङहरुले सुजिताको शव फेला पारेपछि इलाका प्रहरी कार्यालयमा जानकारी गराएका थिए । शवनजिकै झोलामा भेटिएको समानको आधारमा उनकी दिदिले सुजिताको पहिचान गरेको प्रहरीले जनाएको छ ।

सुजिताको परिवारले शवको पहिचान गरिसकेको उनले बताएका छन । सुजिताको श.व जंगलको बीचमा रहेको खोल्साको लहरामा अल्झिएको अवस्थामा फेला परेको थियो । शवको अवस्था हेर्दा उनको मृत्यु दुई दिन अगाडी नै भएको हुन सक्ने उनले बताए । घटना बारे भिडियो यहाबाट हेर्नुहोस ।

Related Articles

Back to top button