Entertainment
चर्चित हास्यसिरियल कि कलाकार रक्षा आमा बनिन्
काठमाडौँ । भद्रगोल, सक्किगोनी, लगायतका चर्चित सिरियलकी कलाकार रक्षा श्रेष्ठ आमा बनिन् । छोरीलाई जन्मदिएपछि रक्षा र उनका पति छन् खुशीले फुरुगं । सुत्केरी भए पनि रक्षाले छिट्टै फेरी सक्किगोनीमा अभिनय गर्ने भइन् । रक्षालाई यति मोटो रकम दिन जिग्री पाँडे भए तयार ।
कलाकार रक्षा श्रेष्ठ आमा बन्ने खुलासा भएको छ । हास्य टेलिसिरियल ‘भद्रगोल’बाट चर्चामा आएकी श्रेष्ठ बिबाह भएको लामो समयपछि आमा बन्न लागेको कुरा एक युट्युब च्यानलबाट बाहिरिएको हो ।
हालै एक युट्युव च्यानलसँको कुराकानीमा ‘भद्रगोल’ टिमले यसबारे खुलासा गरेको हो । कुराकानीमा रक्षा गर्भवती भएका कारण उनी अब छिट्टै पुनः प्रशारण हुन लागेको ‘सक्किगो नि’ मा नदेखिने सम्भावना रहेको बताइएको छ । भद्रगोलबाट चर्चामा आएकी रक्षाले १ सयभन्दा बढी म्युजिक भिडियो तथा ६० भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् ।