News

धेरै वर्ष हराएर घर आएका श्रीमानले श्रीमतीलाई ओछ्यानमै…..?

विराटनगर । मोरङको बेलबारी नगरपालिका–७ बाहुनीमा आफ्नै श्रीमतीको ज्यान लिएको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । उनले काठको मुङ्ग्रोले प्रयोग गरेको घटनास्थलवाट देखिएको छ । ५४ वर्षीय अम्बिका घिमिरेले ४८ वर्षीया सीता घिमिरेको ज्यान लिएको मोरङ प्रहरीका निमित्त प्रमुख डीएसपी मञ्जील मुकारुङले जानकारी दिए ।

उनका अनुसार बिहान ५ बजेतिर घरभित्र ओछ्यानमा महिला मृ त भेटिएकी थिइन् । सिरानीले छोपेको अवस्थामा कपालसमेत लागेको मुङ्ग्रो पनि फेला परेको प्रहरीले जनाएको छ । प्रहरी घरमा पुग्दा श्रीमतीसँग एउटै ओछ्यानमा सु ते का अम्बिका भने थिएनन् । प्रारम्भिक अनुसन्धानबाट बिहानका राति साढे दुई बजेतिर घटना भएको हुनसक्ने बताइएको छ । एउटै ओछ्यानमा सु ते की श्रीमतीको ज्यान लिएर उनी सम्पर्क विहिन भएका थिए ।

अम्बिकालाई प्रहरीले गाउँबाटै पक्राउ गरेको छ । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
खोटाङ घर भएको घिमिरे परिवार छ वर्षअघि मात्रै बसाइँ सरेर बाहुनी आएको वडाध्यक्ष चेतराज बस्नेतले जानकारी दिए । उनका अनुसार भारतको आसाम पुगेर फर्किएको भन्दै परिवारबाट सम्पर्कविहीन बनेको निक्कै लामो समयपछि अम्बिका आएका थिए । लामो समयपछि अम्बिका दुई वर्षअघि मात्रै परिवारको सम्पर्कमा आएरसँगै बस्न थालेको उनको भनाइ छ ।

Related Articles

Back to top button