प्रेम साँच्चिकै अन्धो हुन्छ प्रेमको परिभाषा खोज्ने हो भने । वास्तविक प्रेमलाई कसैले पनि प्रष्ट पार्न सकेका छैनन् १ जवानिको उन्मातमा बाहिरी सुन्दरता सँग उत्तेजित भएर तिमी विना बाँच्नै सक्दिन तिमीनै मेरो जिन्दगी हौ भन्दै आफनो काँचो प्रेमलाई बिबाहमा परिणत गर्छन् जसलाई बिबाहको अर्थ नै थाहा हुदैन् ।
साँच्चिकै रुप सँगको प्रेम नारी सुत्केरी नहुन्जेल सम्म मात्र सिमित रहन्छ बिबाह अघि तिमी बिना मर्छु भन्नेहरु नै बिबाह पछि तिम्रै कारण बाच्न कठिन भयो भन्छन् । यस्तै भएको छ पर्वत बेनी कि सुजता जि सी चोखाललाई विगत ५ बर्ष अगाडि म्याग्दी नेप्टेचौरका सुवास चोखाल सँग प्रेम बिबाह गरेकी सुजता जि सी चोखाल सायद जिन्दगी भर मलाई मेरा प्रेमी र श्रीमानले सधै यस्तै माया गरिरहन्छन् जिन्दगी भर साथ दिन्छन् भनेर आफनो जिन्दगी समर्पण गरेकी थिइन ।
श्रीमान साथ मै हुदा सम्बन्ध सुमधुर थियो । जव रोजगारीको शिलशिलामा श्रीमान परदेस लागे तव भौतिक दुरी सँगसँगै मनको दुरी पनि बढ्न थाल्यो । आफनो जन्म घर जन्म दिने आफन्त त्यागेर पराई लाई आफनो सम्झेकी एउटा नारीलाइ यो भन्दा दुखको कुरा के हुन्छ होला र रु आफनो श्रीमानको माया पाउन छाडेपछि र घर परिवार बाट आफु माथि हिंसा भएको र श्रीमान बाट पनि दिनहुँ कुटपिट भएको भन्दै ज्यान जोगाउनको लागि आफु र एक छोरी सहित बिगत लामो समय देखि माइती घरमा बस्दै आएको सुजता बताउछिन् ।
आफुले जति गरे पनि परिवारलाई खुसी बनाउन नसकेको र दैनिक आफु माथि भएको घरेलु हिंसा सहन नसकेर आफना पिडाहरु सुनिदिने कोही नभएपछि माइती घरमै आउनु परेको उनि बताउछिन । आफुले श्रमिान बाट पाउनु पर्ने हक अधिकार र आफनो छोरीले आफनो बाबुबाट पाउनुपर्ने अधिकार र कर्तब्य अनि आफु माथि भएको घरेलु हिंसाको निम्ती न्याय माग्दै सुजता जि सी चोखाल भौतारी रहेकी छिन् । बाँकी पुरा भिडियोमा हेर्नुहोस ।