News

आशाले पिसाव फेर्न जाँदा बच्चा जन्माएर पाखोमै छाडेर बसमा आएर बसेकी रहिछन् त्यसपछि…. ?

काठमाडौ । २१ बर्षिया आशा राई विवाहित हुन् । आशा हुँदा हुँदै उनका श्रीमानले दुईवटा श्रीमती विवाह गरिसकेका छन् । रोजगारको सिलसिलामा आशा ओमन पुग्नु भएको थियो । त्यहाँ रहँदा उहाँको कपिलबस्तु घर भएका केटासँग चिनजान भयो । अन्ततः उनिहरु लिभिङ्ग टुगेदरमा बस्न थाले । केटा उतै रहे आशा घर फर्कनु भयो । नेपाल फर्किए पछि सँगै बस्ने र विवाह गर्ने कसम खाएका थिए । नेपालमा निषेधाज्ञा तथा विविध कारण लिभिङ्ग टुगेदरमा रहेका साथि फर्किएनन् ।

आशा नेपाल आए लगत्तै खोटाङ्ग पुग्नु भयो । प्रारम्भिक बयानमा आशाले पहिलो एक महिना मिन्स भएको बताउनु भएको छ । त्यस पछि महिनावारी नभएकाले बच्चा भएको शंका लागेर केटालाई फोन गरे पनि वेवास्ता गरेको बताउनु भयो । असार १८ गते शुक्रबार खोटाङ्गबाट काठमाडौ जान आशा बस चढ्नु भएको थियो । लगातारको बर्षातका कारण खोटाङ्गबाट माम्ति आउन रातको १२ बजिसकेको थियो । खाना विचमा खाएर बसमा सबै सु ति रहेका थिए ।

माम्तिमा खोलाले बस जान नसक्ने भयो । सबै निदाए । विहान ४ बजे आशा उठेर पिसाव फेर्न निस्किईन । धेरै बेर उनि आईनन पनि । बस मालिक सन्तोषी राई पनि सिटमै निदाईरहनु भएको थियो । केहि क्षणमा हल्लाखल्ला हुन थाल्यो । आशा बसमा बसिसक्नु भएको थियो । तर बाटो माथी बच्चा थियो । कारमा सवार यात्रुहरुले बच्चाका बारेमा सोधखोज गरे । सालनाल का टे । दुध चु सा उन थाले । केहि क्षण पछि मात्रै थाहा भयो आशाले पिसाव फेर्न जाँदा बच्चा जन्माएर पाखोमै छाडेर बसमा आएर बसेकी रहिछन् ।

प्रहरीलाई खवर भयो । रोशी गाउँपालिकाका जनप्रतिनिधिलाई पनि खवर भयो । प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बच्चा र आमाको स्वास्थ्य परिक्षण गरी उपचारका लागि धुलिखेल अस्पताल ल्याउन टोली पठाउनु भयो । सडकमा बच्चा आशालाई नचाहिने हो भने हामी लैजान्छौ भन्नेहरु थुप्रै तयार भए । रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले उद्धार सँगै मंगलटार स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षण गरी लैजान सहजीकरण गर्नु भयो । बस मालिक सन्तोषी राईले आमा र बच्चा दुबैको स्वास्थ्यमा ख्याल पु¥याउनु भयो ।

सडकमै सुत्केरी भएकी आशा अस्पतालमा उपचारार्थ हुनुहुन्छ । प्रहरीले थप अनुसन्धान गर्ने बताएको छ । सडक बन्द हुँदा सडकमै बच्चा जन्माएकी आशा काठमाडौ पुगेर के गर्नुहुन्थ्यो ? अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दियो । नेपाल समाचार पत्रमा मोतीराम तिमल्सिनाले लेखेको समाचार हो । फाइल तस्बिर

Related Articles

Back to top button