News

जीप दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो

बैतडी जिप दुर्घटना थप एक जनाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ आउँदै गरेको से१ज ७३९ नम्बर को जिप लगन बजार नजिकै दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परी ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले केटीएम दैनिकलाई बताए।

दुर्घटनामा परी सिगास गाउँपालिका ३ का ४५ वर्षीय मानसिंह धामी,६४ वर्षीय रामसिंह धामी, र ५० वर्षीय जय सिंह धामीको मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्।

यस्तै दुर्घटनापछि चालक खगेन्द्र सावद र सवारी धनी हरि भान सावद भने फरार रहेको उनले बताए। ‘घाइतेहरूको उद्धार गरी डडेल्धुरा अस्पताल पठाउने काम भइरहेको छ ,‘उनले भने फरारको खोजी कार्य जारी छ ।

Related Articles

Back to top button