८५ जना सवार सैनिक विमान दुर्घटना : १७ जनाको मृत्यु
फिलिपिन्समा ८५ जना सैनिक सवार एउटा मालवाहक विमान आइतवार दु’र्घटनाग्र स्त भएको छ । फिलिपिन्सको दक्षिण–पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा सी–३० विमान अवतरण गर्ने प्रयास गरिरहेको समयमा दुर्घटनाग्रस्त भएको खबर आइरहेका छन् ।
सुरक्षा बलका प्रमुख किरिलिटो सोबेजानाले जलिरहेको विमानको भग्नावशेषबाट कम्तीमा ४० जनालाई उद्धार गरिएर अस्पताल पुर्याइएकाे र अहिलेसम्म दुर्घटनास्थलबाट १७ जनाको श’व झिकिएको बताइएको छ ।
सुरक्षा बलका प्रमुख सोबेजानाले भन्नुभयो, ‘राहतसहित उद्धारकर्मी घटनास्थानलमा छन् । यो निकै दुभाग्र्यपूण छ । विमानले रनवे छोड्यो, फेरि उड्न खोज्यो तर नसक्दा दुर्घटना भयो ।’ यो पनि पढौ काठमाडौ । महामारी होस् वा प्राकृतिक विपत्ती अभिनेता पल शाह सहयोगका लागि संधै अगाडी आउँछन् । उनै नायक पल शाह विपत्तीमा परेकाहरुलाई सहयोग गर्न मुलुकभर पुगेका छन् । उनी काठमाडौमा भोकाहरुलाई खाना खुवाउने अभियानमा सकृय छन् भने प्राकृतिक विपत्तीमा परेकाहरुलाई सहयोग लिएर पुग्छन् ।
हाम्रो टिम नेपाल र पल शाह फाउण्डेशन मार्फत उनी सामाजिक काममा सकृय छन् । उनलाई रिल लाइफमा मात्र नभएर रियल हिरो भन्न थालिएको छ । उनलाई रियल हिरो अफ दि इयरबाट सम्मानित गरिएको छ । रजतपट समुहले उनलाई रियल हिरोको रुपमा सम्मान गरेको हो । ल्यामर गफ उनकै अन्तरवार्तावाट सुरु भएको थियो । प्रकाश सुवेदीले अहिले पनि उनलाई नै अतिथीका रुपमा निम्ता दिए ।
पल शाहले राजनीतिक दलका नेता भन्दा पूर्वराजालाई मन पराउँछन् । उनले एउटा घरमा एउटा मात्र अभिभावक हुँदा राम्रो हुने भन्दै नेपालमा अहिले धेरै अभिभावक बन्न खोज्दा जनताले दुख पाएको बताए । उनले पूर्वराजालाई विष्णु भगवानका रुपमा आफुले बाल्यकाल देखिनै मान्दै आएका कारण आफु राजाकै पक्षमा रहेको बताए । मुलुकमा तँ भन्दा मँ के कम ? भन्ने सोँच राजनीतिक दलहरुमा भएकाले समस्या उत्पन्न भएको बताए ।
उनले आफुले अब छिटै विवाह गर्ने पनि बताएका छन् । परिवारमा अप्रत्यक्ष रुपमा विवाहको कुरा उठ्ने गरेको पनि बताएका छन् । जिवनको तेस्रो दशकमा रहेका उनी आफ्नो जिवनमा कसैलाई माया भने गरेको बताए । तराई टिभीमा काम गर्दा सहकर्मीलाई आफुले निकै मन पराएको भएपनि केही महिना मात्र रहेको बताए । त्यसपछि अर्कोसंग दोहोरो प्रेम भएपनि त्यो प्रेम पनि छुटेको बताए ।
आफुले मन पराएको ब्यक्तिसंगको प्रेम सफल हुन नपाएपछि निकै दुखी भएको बताए । एक अर्कालाई बुझ्न नसकेका कारण दोहोरो प्रेम छुटेको उनले बताए । पहिलो पटक उनले आफ्नो प्रेमको बारेमा बताएका छन् । उनले केही वर्ष (चार वर्ष) प्रेम चलेको र त्यो छुट्दा निकै दुखी भएको बताए । उनले आफ्नो पूर्व प्रेमीकालाई सन्देश दिँदै भने, अब फर्केर नआउ जहाँ छौ त्यतै खुसी रहनु । म यतै खुसी छु ।