News

पहिरो खसेर सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो ।

राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ । शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएँंगै खुलेको थियो । बिहीबारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ । त्यस्तैै काठमाडौं, असार २० गते । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकले जारी निषेधाज्ञाको बारेमा समिक्षा गर्दै केही थप निर्णय गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले आज बस्ने बैठकले सार्वजनिक यातायात जोरविजोर नियम हटाउने वा नहटाउने भन्ने विषयमा निर्णय गर्ने बताउनुभयो । साथै जारी निषेधाज्ञा एक हप्ता थप गर्ने तयारी समेत भएको छ ।  यस अघिको बैठकले २५ सिटभन्दा माथिका गाडी चलाउन दिइएकोमा अव थपिने निषेधाज्ञामा माइक्रो बस र टेम्पोलाई पनि सञ्चालन गर्न दिने विषयमा निर्णय आउन सक्ने उहाँले बताउनुभयो ।

लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न भने तत्काल नदिइने भएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि (सोमबार) राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

Related Articles

Back to top button