पहिरोको वितण्डा
पृथ्वी राजमार्ग अन्तरगत धादिङको जवाङ्खोलामा प’हिरो जाँदा ५ वटा गाडि पु’रिएको छ । घ’टनाम दुई जनाको मृ’त्यु भएको मुग्लिनबाट पत्रकार विनोद श्रेष्ठले जानकारी दिएका छन् ।
पृथ्वीराजमार्ग अन्तरगत धादिङको वेनीघा’ट रोराङ गाउँपालिका १० स्थित जवाङ खोलामा प’हिरो गएको हो । मुग्लिन तर्फबाट काठमाडौँ जादैँ गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमाथि पहिरो खस्दा सह–चालक चितवन भण्डाराका बिरबल प्रजाको ट्रक मै च्यापिएर मृ’त्यु भएको जनाइएको छ ।
ट्रकमै सवार सु’दिप प्रजा घा’ईते भएको छ । चालक भने स’कुशल रहेका छन । उक्त पहिरोले पु’रिदा ५ वटा सवारी साधनमा समेत क्ष’ती पुगेको छ । अहिले सडक अ’वरुद्ध छ । पहिरो हटा’उने काम भइरहेको छ । थप विवरण आउन बाँकी छ ।
थप समाचार – लगातारको वर्षाका कारण देशभरको जनजिवन नराम्रोसंग प्रभावित भएको छ ।वर्षाले देशका अधिकांश स्थानमा बाढी पहिरोको जोखिम बढेको छ । मानिसको बासस्थान खोसिएका छन् भने विभिन्न सडकखण्डहरु अवरुद्ध भएका छन् ।
गएरातीदेखिको भिषण वर्षाका कारण मकवानपुरको रजैयामा पूर्वी राप्ती नदीमा आएको बाढीले खतराको तह पार गरेको खबर छ । मकवानपुरको विभिन्न स्थानमा पहिरो जाँदा हेटौंडा काठमाडौं जोड्ने सडकहरु अबरुद्ध भएका छन् ।त्रिभुवन राजपथको हेटौंडा–भैंसे सडक खण्ड अन्तर्गत भिमफेदी– १ बाघझोरा,
त्रिभुवन राजपथ कै (भैंसे–पालुङ–नौबिसे सडक खण्ड) भिमफेदी– ९ अघोर, थाहा– ६ खानीगाउँ, थाहा नगर–१२ गैरीगाउँमा पहिरो जाँदा हेटौंडाबाट पालुङ जोडने सडक खण्ड अबरुद्ध भएको छ ।यस्तै काठमाडौं जोडने छोटो दुरीको मार्ग भैंस–भिमफेदी–फाखेल र सिस्नेरी सडक खण्ड अन्तर्गत भिमफेदी–२ पान्द्राङ,
सोहि सडकखण्डको भिमफेदी– ६ गढी, देउराली, फाखेल सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर– ४ महालक्ष्मीखोला, ईन्द्रसरोबर– २ कुलेखानीमा पहिरो जाँदा सडकखण्ड अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ ।यसैगरी कान्ती लोकपथ अन्तर्गत भिमफेदी–८ गंगटे,
कालो पहिरोमा पहिरोले कालोपत्रे बगाउदा मकवानपुर भएर काठमाडौं जोडने सबै मार्ग अबरुद्ध भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउनु समस्या भएको प्रहरीले जनाएको छ ।
लगातारको बर्षाले हेटौंडाका केहि स्थान डुबानमा परेका छन् ।हेटौंडा उपमहानगरपालिका ५ गर्दोई,शान्तिनगर क्षेत्र डुबानमा परेको छ यहाँका केहि घरमा पानि पसेको छ भने सडकमा आवतजावत गर्न कठिनाई भएको छ ।सानोपोखारा बुद्धमार्गका केहि घरभित्रै पानि पसेको छ ।
पिप्ले, सानोपोखाराका केहि भाग, सिचाईटोल लगायतका क्षेत्र जलमग्न बनेका छन् ।त्यस्तै कर्रा खोलाको पानिको सतह बढेको छ । हालसम्म कुनै भौतिक क्षति तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।थाहा नगरपालिका २ स्थित रहेको खोल्सामा पानिको बहाब बढेकोले जोखिम रहेको तर हाल सम्म क्षती नभएको प्रहरीले जनाएको छ ।